
भुटानी शरणार्थी प्रकरणमा संलग्नलाई कारबाही माग गर्दै काठमाडौंमा प्रदर्शन


भ्रष्टाचारीलाई कारबाही गर्न माग गर्दै काठमाडौंमा प्रर्दशन भएको छ। शनिबार अपराह्न काठमाडौंको माइतीघर मण्डलामा भेला भएर युवाहरूले नक्कली भुटानी शरणार्थी प्रकरणका दोषीलगायतका भ्रष्टहरूलाई कारबाही गर्न माग गर्दै प्रर्दशन गरेका हुन्। उनीहरूले भ्रष्टाचारमा संलग्नहरूलाई नछोड्न पनि सरकारलाई खबरदारी गरेका छन्।
‘प्रचण्ड सरकारलाई खबरदारी, कारबाही गर भ्रष्टाचारी’, ‘गृहमन्त्री काजी दाई, कारबाही गर भ्रष्टाचारीलाई’ लेखिएको प्लेकार्डसमेत प्रर्दशन गरेका थिए। नक्कली भुटानी शरणार्थी प्रकरणमा विभिन्न राजनीतिक दलका नेताहरू मुछिएपछि उनीहरूलाई कारबाही गर्न सरकारमाथि दबाब परेको छ।
यता प्रहरीले सो प्रकरणमा मुछिएका केहीलाई पक्राउ गरी अनुसन्धानको प्रक्रिया अघि बढाएको छ। तर पक्राउ पुर्जी जारी भएका एमाले सचिव समेत एवं पूर्वउपप्रधानमन्त्री टोपबहादुर रायमाझी भने फरार रहेका छन्। उनलाई उन्मुक्ति नदिन पनि सरकारलाई प्रर्दशनकारीहरूले सचेत गराएका छन्।
- सामूहिक भावना र एकताका साथ राष्ट्र र नागरिक सेवामा समर्पित हुन जरूरी : प्रहरी महानिरीक्षक थापा
- तनहुँमा ६ आधारभूत स्वास्थ्य केन्द्र निर्माणका लागि मन्त्रालयले पठायो बजेट
- यी हुन् सशस्त्र प्रहरी महानिरीक्षक कप अन्तर्गत मंगलबार सम्पन्न खेल
- सल्लाह गरेरै डण्डि र सिमेन्ट व्यवसायीहरुले निर्माण व्यवसायमा सिन्डिकेट लगाउन खोजे : रवि सिंह
प्रतिक्रिया