
ललितपुर महानगरका शिक्षा अधिकृत पौडेलविरुद्ध भ्रष्टाचार मुद्दा


ललितपुर महानगरपलिकाको शिक्षा महाशाखामा कार्यरत अधिकृत (सातौं तह) शेषकान्त पौडेलविरुद्ध भ्रष्टाचार मुद्दा दर्ता भएको छ।
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले उनीविरुद्ध बुधबार विशेष अदालतमा मुद्दा दर्ता गरेको हो।
शिक्षक सरुवा गर्न सहजीकरण गरिदिएबापत सेवाग्राहीसँग १ लाख घुस मागेको पुष्टि भएपछि उनीविरुद्ध मुद्दा दर्ता गरिएको अख्तियारका प्रवक्ता भोला दाहालले जानकारी दिए।
उनलाई अख्तियार टंगालको टोलीले २०७९ फागुन १८ गते १ लाख घुस रकम लिइसकेको अवस्थामा कार्यकक्षबाटै पक्राउ गरेको थियो।
- परराष्ट्रमन्त्रीद्वारा युक्रेनका विदेशमन्त्रीसँग वार्ता, युक्रेनी सेनाको कब्जामा रहेका ७ नेपालीलाई मुक्त गर्न माग
- पश्चिमा देशहरूले फरक-फरक किसिमको व्यवहार गर्दा विश्वको शान्ति खल्बलियो : विश्व नेताहरू
- सुन तस्करीमा पाँच वर्ष जेल बसेका लामा २५ करोडसहित फेरी समातिए
- मोरङमा आगलागी परी दुई बालबालिकाको मृत्यु, ८ घर नष्ट
प्रतिक्रिया