भुटानी शरणार्थी प्रकरण

एमाले सचिव टोपबहादुर रायमाझी र उनका छोराविरुद्ध पक्राउ पुर्जी

नेकपा (एमाले) का सचिव टोपबहादुर रायमाझीविरुद्ध पक्राउ पुर्जी जारी भएको छ। पूर्वउपप्रधानमन्त्रीसमेत रहेका रायमाक्षीविरुद्ध नेपाली नागरिकलाई भुटानी शरणार्थी बनाएर अमेरिका पठाउने भन्दै ठगी गरेको घटनामा नाम जोडिएपछि काठमाडौं जिल्ला अदालतले पक्राउ पुर्जी जारी गरेको प्रहरी उच्च स्रोतले जनायो।

उनीसहित उनका छोरा सन्दीप रायमाझीविरुद्ध पनि पक्राउ पुर्जी जारी भएको छ। टोपबहादुर रायमाझी अहिले अर्घाखाँचीबाट प्रतिनिधिसभा सदस्य छन्।

यसअघि प्रहरीले आज उपराष्ट्रपति कार्यालयका सचिव टेकनारायण पाण्डेलाई पनि पक्राउ गरेको छ। उनी गृहसचिव हुँदा भएको घटनामा संलग्नता देखिएको भन्दै उनलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ।

मंगलबार मात्रै प्रहरीले पूर्वगृहमन्त्री रामबहादुर थापा बादलका सुरक्षा सल्लाहकार इन्द्रजित राईलाई पक्राउ गरेको थियो। यस घटनामा उनका छोरा निरज राईविरुद्ध पनि पक्राउ पुर्जी जारी भएको छ। तर उनी फरार छन्।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *