एसीसी प्रिमियर कप विजेता खेलाडीलाई जनही ६ लाख पुरस्कार दिने सरकारको निर्णय

सरकारले एसीसी प्रिमियर कप क्रिकेटको उपाधि जितेर एशिया कपमा छनोट भएका नेपाली क्रिकेट खेलाडीहरू र प्रशिक्षकलाई जनही ६ लाख रुपैयाँ नगद पुरस्कार दिने निर्णय गरेको छ।

बुधबार बसेको मन्त्रिपरिषद बैठकले खेलाडी र प्रशिक्षकलाई जनही ६ लाख रुपैयाँ र अफिसियललाई जनही ३ लाख रुपैयाँ नगद पुरस्कार दिने निर्णय गरेको सरकारकी प्रवक्ता एवम् सञ्चार तथा सूचना प्रविधि मन्त्री रेखा शर्माले जानकारी दिइन्।

मंगलबार भएको फाइनलमा यूएईलाई हराउँदै नेपाल एसीसी प्रिमियर कप विजेता बनेर एशिया कप क्रिकेटमा छनोट भएको थियो।

खेलकुद पुरस्कार कार्यविधिअनुसार एसीसी प्रिमियर कप क्रिकेट विजेता खेलाडीले जनही ५ लाख रुपैयाँ पुरस्कार पाउने थिए। मन्त्रिपरिषदले कार्यविधिमा भएको भन्दा १ लाख बढाएर पुरस्कार घोषणा गरेको हो।

बैठकले कीर्तिपुर क्रिकेट मैदानलाई अन्तर्राष्ट्रिय स्तरको बनाउनका लागि आवश्यक रकमको व्यवस्था आगामी आर्थिक वर्षको बजेटमा गर्ने निर्णय पनि गरेको मन्त्री शर्माले बताइन्।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *