दार्चुला हिमपहिरो : ७ जनाको उद्धार, ५ अझै बेपत्ता

दार्चुलामा मंगलबार दिउँसो गएको हिमपहिरोमा परी पुरिएका ७ जनाको उद्धार गरिएको छ। ५ जना अझै बेपत्ता छन्।

मंगलबार दिउँसो पौने ३ बजे व्यास गाउँपालिका-१, बोलिनमा हिमपहिरो गएको थियो। यार्सागुम्बा टिप्न गएकाहरू त्रिपालमा बसिरहेका बेला हिमपहिरोले पुरिएका हुन्।

जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक (इन्स्पेक्टर) ज्ञानेन्द्रबहादुर सिंहले हिमपहिरोमा परी पुरिएका ६ पुरुष र १ महिलाको उद्धार गरिएको र ४ महिला र १ पुरुष अझै बेपत्ता रहेको जानकारी दिए।

उनका अनुसार अहिले पनि हिउँ परिरहेकाले बेपत्ताहरूको खोजीमा कठिनाइ भएको छ।

‘हिमपहिरोमा परेका १२ मध्ये ७ जनाको उद्धार भएको छ। ५ जना बेपत्ता छन्,’ इन्स्पेक्टर सिंहले पर्दाफाससँग भने, ‘अहिले पनि हिउँ परिरहेकाले खोजी गर्न समस्या भएको छ।’

हिमपहिरोमा परेकाहरूको खोजी तथा उद्धारका लागि प्रहरी चौकी सीतापुर र सशस्त्र प्रहरी बलको ५० नम्बर गुल्म छाङरुको टोली घटनास्थलमा खटिएको थियो।

 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *