लडाइँमा दुवै खुट्टा गुमाएका पूर्व गोर्खा सैनिक बुढामगरले गरे दोस्रो पटक मेरा पिक आरोहण

पूर्व ब्रिटिश गोर्खा सैनिक हरिबहादुर बुढामगरले दोस्रो पटक मेरा पिक हिमालको सफल आरोहण गरेका छन्। सगरमाथा आरोहणको अन्तिम तयारीमा रहेका उनले दोस्रो पटक मेरा पिक आरोहण गरेका हुन्।

उनले गत अप्रिल १६ बिहान ९ः३० बजे ६ हजार ४७६ मिटर अग्लो मेरा चुचुरोको सफल आरोहण गरेका हुन्। दुई पटक मेरा पिक चढिसकेपछि खुसी व्यक्त गर्दै उनले आफ्ना शुभचिन्तकहरूलाई धन्यवाद ज्ञापन गरे।

लडाइँमा दुवै खुट्टा गुमाएका डबल एम्प्युटी (दुवै अंगविच्छेदन) बुढामगर सगरमाथा आरोहण गर्ने पहिलो डबल एम्प्युटी व्यक्तिको रेकर्ड राख्न आरोहणको अन्तिम तयारीमा छन्। अफगानिस्तानको लडाइँमा दुवै खुट्टा गुमाएका उनले साहसिक पर्यटनमार्फत एकपछि अर्को रेकर्ड राख्दै आएका छन्।

कृत्रिम खुट्टा लगाएर बेलायतको सबैभन्दा अग्लो पहाड चढ्ने पहिलो व्यक्तिको कीर्तिमानी आरोहीबाट आरोहणमा रेकर्ड राख्न थालेका बुढामगर पश्चिम युरोपको सबैभन्दा अग्लो मोन्ट ब्लांक (दुई जनाले सँगै), अफ्रिकाको सबैभन्दा अग्लो किलेमन्जारा र मेरा पिक चढ्ने पहिलो व्यक्तिसमेत हुन्।

उनले चुलु फार इस्ट आरोहण, हिँडेर सगरमाथा आधारशिविर पुग्ने र सगरमाथामाथि स्काइ डाइभिङ गरेर कीर्तिमान राखेका छन्।

बुढामगर सगरमाथा आरोहणका लागि मौसमको अनुकूलता पर्खिएर सगरमाथा आधारशिविरमा बसेका छन्।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर