
लुम्बिनीका मुख्यमन्त्री चौधरीले पाए विश्वासको मत

लुम्बिनी प्रदेशका मुख्यमन्त्री डिल्लीबहादुर चौधरीले विश्वासको मत पाएका छन्। मंगलबार लुम्बिनी प्रदेशसभामा रहेका ८७ मध्ये ५३ जना सांसदले मुख्यमन्त्री चौधरीलाई विश्वासको मत दिएका हुन्।
नेपाली कांग्रेस संसदीय दलका नेतासमेत रहेका मुख्यमन्त्री चौधरीलाई कांग्रेससहित ८ दलका सांसदले विश्वासको मत दिएका हुन्।
विपक्षमा जम्मा २९ मत आएको सभामुखले जनाएका छन्। नेकपा (एमाले) का सांसदहरूले विपक्षमा मत दिएका थिए।
राष्ट्रिय प्रजातन्त्र पार्टीका ४ जना सांसद भने तटस्थ बसेका छन्।
प्रतिक्रिया