भुटानी शरणार्थी प्रकरणमा पक्राउ परेका इन्द्रजित राईका छोरा निरजविरुद्ध पनि पक्राउ पुर्जी

नक्कली भुटानी शरणार्थी बनाएर अमेरिका पठाउने कार्यमा संलग्न भएको आरोपमा पक्राउ परेका पूर्वगृहमन्त्री रामबहादुर थापा ‘बादल’ का तत्कालीन सुरक्षा सल्लाहकार डा. इन्द्रजित राईका छोरा निरज राईविरुद्ध पक्राउ पुर्जी जारी भएको छ।

यस प्रकरणमा निरजकाे समेत नाम जाेडिएपछि उनीविरुद्ध प्रहरीले पक्राउ पुर्जी जारी गरेकाे हाे। प्रहरी स्रोतका अनुसार उनी अहिले नेपालमा छैनन्। उनका बुवा इन्द्रजितलाई भने मंगलबार बिहान प्रहरीले ललितपुरस्थित थेचुबाट पक्राउ गरेको थियो।

सरकारी वकिलको कार्यालयबाट वारेन्ट जारी भएका राईलाई ललितपुरको थेचुस्थित निवासबाट पक्राउ गरिएको काठमाडौं प्रहरी परिसरका प्रमुख एसएसपी दानबहादुर कार्कीले जानकारी दिए।

नेपालीलाई भुटानी शरणार्थी बनाएर अमेरिका पठाइदिने भन्दै करोडौं रुपैयाँ ठगी गर्नमा मुख्य भूमिका उनकै रहेको प्रहरीको आरोप छ।

भुटानी शरणार्थी प्रकरणमा पूर्वगृहमन्त्री तथा एमाले उपाध्यक्ष बादलका सुरक्षा सल्लाहकार पक्राउ

रामबहादुर थापा गृहमन्त्री हुँदा राई उनका सुरक्षा सल्लाहकार थिए।

एमाले उपाध्यक्ष बादल गृहमन्त्री रहँदा उनी २०७४ फागुनदेखि २०७८ असारसम्म सुरक्षा सल्लाहकारका रुपमा कार्यरत थिए। यसअघि पक्राउ परेका व्यक्तिको बयानका आधारमा उनलाई प्रहरीले पक्राउ गरेको हो।

राईले गृह मन्त्रालयमा हुँदा नीतिगत निर्णय गराउनेदेखि नक्कली शरणार्थी बनाएर ५० लाख रुपैयाँसम्म असुल्न बाटो खुलेको हो। पीडितबाट रकम असुल्ने व्यक्तिले राईलाई रकम बुझाएको समेत बयान दिएका छन्।

यसअघि यही घटनामा एमाले नेता टोपबहादुर रायमाझीका सहयोगी सानु भण्डारी र कांग्रेस नेतृ सुजाता कोइरालाका पूर्व स्वकीय सचिव केशव दुलालसहित सागर थुलुङ, टंक गुरुङ र सन्देश शर्मालाई प्रहरीले पक्राउ गरेको थियो।

बादलका छोरा प्रतीक र टोपबहादुर रायमाझीका छोरा सन्दीपको नामसमेत यो प्रकरणमा जोडिएको छ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर