वर्षाले फेरि राेकियाे नेपाल र यूएईबीचको खेल

नेपाल र यूएईबीचको एसीसी प्रिमियर कपको फाइनल खेल वर्षाका कारण फेरि राेकिएकाे छ। कीर्तिपुरस्थित त्रिवि मैदानमा टस हारेर पहिले ब्याटिङ गरेको यूएईले २७.३ ओभरमा ९ विकेटको क्षतिमा १०६ रन जोड्द खेल वर्षाले रोकिएको हो।

यूएईका लागि आसिफ खानले सबैभन्दा बढी ४६ रन जोडे। उनलाई आठौं विकेटको रुपमा नेपालका ललितनारायण राजवंशीले आरिफ शेखबाट क्याच गराए। लगत्तै ललितले जहूर खानलाई शून्यमा आउट गरे।

नेपालका लागि सन्दीप लामिछानले सातौं विकेट लिए। उनले यूएईका आयन खानलाई ५ रनमा कुशल मल्लबाट क्याच गराए।

त्यसअघि गुल्सन झाले यूएईका बासिल हामिदलाई १० रनमा बोल्ड गरेका छन्।

यूएईका ओपनरद्वय मोहमद वासीम ११ रन र आर्यन लक्रा १३ रनमा आउट भए। वासीमलाई सोमपाल कामी र आर्यनलाई करण केसीले आउट गरे।

यस्तै वृत्य अरिवन्द ८ रन र रमिज शाहजाद १ रनमा आउट भए। वृत्यलाई करण र रमिजलाई ललितनारायण राजवंशीले आउट गरे।

रोहान मुस्ताफालाई २ रनमा सन्दीप लामिछानले आउट गरे।

नेपालका लागि ललितले तीन विकेट लिएका छन्। सन्दीप लामिछाने र करण केसीले २-२ विकेट लिँदा सोमपाल कामी र गुल्सन झाले एक एक विकेट लिइसकेका छन्।

यो खेलको विजेता एशिया कपमा छनोट हुनेछ भने एशिया कपमा भारत र पाकिस्तानसँग खेल्नेछ।

 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *