सिद्धार्थ बैंकको नयाँ एक्स्टेन्सन काउन्टर गेटा आँखा अस्पतालमा

सिद्धार्थ बैंक लिमिटेडले आइतबार कैलालीकाे गोदावरी नगरपालिकास्थित गेटा आँखा अस्पतालमा नयाँ एक्स्टेन्सन काउन्टर सञ्चालनमा ल्याएको छ ।

बैंकले गोदावरी नगरपालिका क्षेत्रका सर्वसाधारण तथा उद्यमीमाझ सबै प्रकारका निक्षेप तथा कर्जा कारोबार सुविधा, रकम भुक्तानीलगायत सम्पूर्ण बैंकिङ सेवा सहज ढंले पुर्‍याउने उद्देश्यका साथ उक्त एक्स्टेन्सन काउन्टर सञ्चालनमा ल्याएको हो । उक्त एक्स्टेन्सन काउन्टर विस्तारपश्चात् सिद्धार्थ बैंकको कुल शाखा सञ्जाल संख्या १९५ (५ एक्स्टेन्सन काउन्टरसहित) पुगेको छ ।

सजिलो बैंकिङ सेवा (शाखारहित बैंकिङ) एटीएम, पीओएस मेसिनका साथै निक्षेप तथा कर्जा सुविधा, घरमै बसेर बैंकको वेबसाइटमा रहेको इजी बैंक पोर्टल ( https://easybank.siddharthabank.com/ ) मार्फत बचत, मुद्दती र डिम्याट खाता खोल्न सकिने, डेबिट र क्रेडिट कार्डका लागि आवेदन दिन सकिने अनलाइन सुविधा, रेमिट्यान्स सेवा, ४५० भन्दा बढी व्यावसायिक केन्द्रहरूबाट विशेष छुट प्राप्त गर्न सकिने गरी जारी गरिएको यूएनओ क्रेडिट कार्ड जस्ता सेवामार्फत बैंकले उच्चस्तरीय बैंकिङ सेवा प्रदान गर्दै आएको छ ।

ग्राहकहरूको हितलाई मध्यनजर गर्दै देशको अर्थतन्त्र सुदृढ बनाउन हरदम प्रतिबद्ध रहेको बैंकले जनाएको छ ।

 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर