पब्जी र वर्ल्ड लिंकबीच सम्झौता
१७ वैशाख २०८० १९:३९
चर्चित मोबाइल गेम पब्जी र नेपालको इन्टरनेट सेवा प्रदायक वर्ल्ड लिंकबीच सम्झौता भएको छ । आइतबार काठमाडौंमा एक कार्यक्रमबीच सम्झौता भएको हो ।
नेपालमा मोबाइल गेमिङलाई अझ रोमाञ्चक बनाउने विशेष सुविधाहरू एवं विशेषताहरू प्रदान गर्न यो साझेदारी भएको कम्पनीले जनाएको छ । कम्पनीले नेपालको गेमिङ समुदायका लागि थप रोमाञ्चक अनुभवहरू प्राप्त हुने अपेक्षा यसबाट गर्न सकिने बताएको छ ।
नेपालमा मोबाइल गेमिङको आकर्षण बढ्दै गइरहेको अवस्थामा पब्जी मोबाइलका नेपालभर ५० लाखभन्दा बढी सक्रिय मोबाइल गेमर छन् । कार्यक्रममा बोल्दै वर्ल्ड लिंकका सीईओ केशव नेपालले गेमिङ क्षेत्रलाई राम्रो बनाउनका लागि सम्झौता भएको बताए ।
वर्ल्ड लिंंक र पब्जी मोबाइलले यो साझेदारीलाई नेपालको मोबाइल गेमिङको लागि एउटा अभुतपूर्व कदमको रूपमा लिएको बताएका छन् ।
प्रतिक्रिया