
आयुर्वेदको प्रवर्द्धन र विस्तार गरी विदेशी पर्यटकहरू भित्र्याउनुपर्छ : बालेन शाह


काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाहले आयुर्वेद देशलाई चिनाउन सक्ने माध्यम भएको बताएका छन्।
आइतबार काठमाडौंमा आयोजित प्रथम राष्ट्रिय आयुर्वेद एचिभमेन्ट अवार्ड समारोहलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन्।
उनले आयुर्वेदका लागि सरकारी स्तरबाट धेरै काम गर्न बाँकी रहेको बताए। उनले आयुर्वेद विस्तार हुँदै जानुपर्नेमा झनै शिथिल बन्दै गएको बताए।
उनले पहिला नेपालमा विदेशी पर्यटकहरू योगा, आयुर्वेदका लागि आउने गरेको तर पछिल्लो समय खस्कँदै गएको बताए। उनले आयुर्वेदको प्रवर्द्धनका लागि सरकारले धेरै काम गर्नुपर्ने बताए।
मेयर शाहले आयुर्वेदको प्रवर्द्धन र विस्तार गरी विदेशी पर्यटकहरू नेपालमा भित्र्याउनुपर्ने बताए।
- सामूहिक भावना र एकताका साथ राष्ट्र र नागरिक सेवामा समर्पित हुन जरूरी : प्रहरी महानिरीक्षक थापा
- तनहुँमा ६ आधारभूत स्वास्थ्य केन्द्र निर्माणका लागि मन्त्रालयले पठायो बजेट
- यी हुन् सशस्त्र प्रहरी महानिरीक्षक कप अन्तर्गत मंगलबार सम्पन्न खेल
- सल्लाह गरेरै डण्डि र सिमेन्ट व्यवसायीहरुले निर्माण व्यवसायमा सिन्डिकेट लगाउन खोजे : रवि सिंह
प्रतिक्रिया