नीरा हत्याकाण्ड : सीसीटीभी पच्छ्याउँदै आराेपीसम्म पुग्याे प्रहरी

काठमाडौं महानगरपालिका-६, कपन, सरस्वतीनगरमा भाँडा पसल सञ्चालन गर्दै आएकी नीरा पाण्डे आचार्यको हत्या आरोपमा पक्राउ परेका विनोद विकलाई प्रहरीले सार्वजनिक गरेको छ।

नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) ले आइतबार काठमाडौंमा पत्रकार सम्मेलन गरी उनलाई सार्वजनिक गरेको हो। शनिबार राति झापाबाट पक्राउ परेका उनलाई आइतबार काठमाडौं ल्याइएको थियो।

कपनमा भाँडा व्यवसायी नीरा पाण्डेको यसरी भएको थियो ‘विभत्स हत्या’

वैशाख ७ गते बागलुङको बडिगाड गाउँपालिका-५ घर भई कपनमा निरु किचेन एण्ड गिफ्ट स्वभिनर पसल सञ्चालन गर्दै आएकी ३५ वर्षीया नीराको विभत्स हत्या भएको थियो। एक साताभन्दा बढी समयसम्म रहस्यमै सीमित रहेको घटनामा प्रहरीले गहिरो अनुसन्धानपछि दोषी पत्ता लगाई पक्राउ गरेको हो।

घटनाको अनुसन्धानका लागि सीआईबीकी प्रमुख प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) किरण बज्राचार्यको नेतृत्वमा ८ सदस्यीय टोली गठन गरिएको थियो। सीसीटीभी फुटेजका आधारमा प्रहरीले हत्यामा विकको संलग्नता पुष्टि गरेको हो।

सीआईबीका प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) दिनेश आचार्यका अनुसार हत्या आरोपी विकलाई झापा प्रहरीको समन्वयमा शनिबार राति १० बजे विर्तामोड नगरपालिका-१, इलाम बसस्टपस्थित सार्वजनिक बाटोमा हिँडिरहेको अवस्थामा पक्राउ गरिएको हो।

कपन घटना : एक सातामा पनि खुलेन रहस्य, यी कोणबाट अनुसन्धान गर्दै प्रहरी

पक्राउ परेका विकले लुटपाटको उद्देश्यले नीराको हत्या गरेको खुलेको छ। एसएसपी आचार्यका अनुसार विकले सुनको सिक्री लुट्न खोज्दा प्रतिकार गरेपछि नजिकै रहेको चक्कुले प्रहार गरी नीराको हत्या गरेको प्रहरीसमक्ष बयान दिएका छन्।

‘९९ लालको सुनको सिक्री र १२ सय नगद लगेको भेटियो,’ एसएसपी आचार्यले भने, ‘घटनापछि अभियुक्त टेम्पो चढेर मनहरा फाँट पुगेको देखिन्छ। त्यस्तै भोलिपल्ट सुनको सिक्री धरौटी राखेर ५५ हजार रुपैयाँ लगेको पनि खुलेको छ।’

विश्वकर्माले तारकेश्वरस्थित पाथीभरा सुनचाँदी पसलमा उक्त सिक्री धरौटीमा राखेको प्रहरीले जनाएको छ।

कपन हत्या प्रकरण अनुसन्धान गर्न एआईजी बज्राचार्यको नेतृत्वमा विशेष टोली गठन

झापाको मेचीनगर नगरपालिका-१० घर भएका विक भक्तपुर मध्यपुरथिमी नगरपालिका-१, लोकन्थलीमा कोठा भाडामा बस्दै आएका थिए। उनी नीराकाे हत्यापछि एक सातासम्म त्यहीँ बसेर झापा गएकाे समेत अनुसन्धानमा खुलेकाे छ। उनी ठमेलस्थित एउटा क्लबका बाउन्सरकाे रूपमा काम गर्थे।

कपनकी नीरा हत्याकाण्डमा संलग्न रहेको आरोपमा झापाबाट ठमेलकाे क्लबका बाउन्सर पक्राउ

सबै तस्बिर : न्यूज एजेन्सी नेपाल

 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *