सुक्खा पहिरो खस्दा थुनिएको अरुण नदी फर्कियो धारमा

संखुवासभामा निर्माणाधीन नौ सय मेगावाट क्षमताको अरुण तेस्रो जलविद्युत आयोजनाको ‘ड्याम साइट’ को टनेलमा पहिरो खसेपछि थुनिएको अरुण नदी आफ्नै धारमा फर्किएको छ ।

मकालु गाउँपालिका-३, नयाँ बस्तीबाट सुक्खा पहिरो खसेपछि टनेल थुनिएको थियो । नदी आठ घण्टापछि आफ्नै धारमा फर्किएको हो ।

जिल्ला प्रहरी कार्यालय संखुवासभाका अनुसार आइतबार दिउँसो २ बजेर ४५ मिनेटमा नदी आफ्नै धारमा फर्किएको हो। आइतबार बिहान ७ बजेर ४५ मिनेट जाँदा सुक्खा पहिरो खसेपछि अरुण नदी थुनिएको थियो । अरुण तेस्रो आयोजना निर्माणका क्रममा २६ मिटर अग्लो बाँध निर्माण भइसकेको छ । निर्माणस्थलमा निर्मित टनेल थुनिएपछि ड्याम साइडबाट नदीको पानी फर्काइएको हो ।

अरुण थुनिएपछि २६ मिटर अग्लो बाँधमा पानी भरिएको थियो । सुख्खा पहिरो भने नियमित झरिरहेको छ । जिल्ला प्रशासन कार्यालय र स्थानीय तहले अरुण नदी छेउछाउका बस्तीका बासिन्दालाई सजग हुन आग्रहसमेत गरेको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *