पर्सामा बिल बिजकभन्दा बढी औषधी तथा खुद्रा सामानहरू बोकेको ट्रक प्रहरी नियन्त्रणमा

पर्सा प्रहरीले बिल बिजकभन्दा बढी विभिन्न किसिमका औषधी तथा खुद्रा मालवस्तुहरू बोकेको ट्रक नियन्त्रणमा लिएको छ।

वीरगञ्जबाट रूपन्देहीतर्फ लैजाँदै गरेको सूचनका आधारमा जिल्ला प्रहरी कार्यालयबाट खटिएको प्रहरी टोलीले शुक्रबार वीरगञ्ज महानगरपालिका वडा नं. ८ घण्टाघरस्थित सडकखण्डबाट ना.४ ख ८७४० नम्बरको मालवाहक ट्रक नियन्त्रणमा लिएको हो।

ट्रकमा ६२ लाख ८ हजार ५९३ रुपैयाँ बराबरको औषधी तथा खुद्रा सामान लोड रहेको पाइएको प्रहरी नायब उपरीक्षक (डीएसपी) निर्मल बुढाथोकीले बताए।

नियन्त्रणमा लिइएको उक्त सामग्रीसहितको ट्रक थप अनुसन्धान तथा आवश्यक कारबाहीका आइतबार राजस्व अनुसन्धान कार्यालय, पथलैया, बारामा बुझाइएको डीएसपी बुढाथोकीले जानकारी दिए।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर