पञ्जाबको एक कारखानामा विषाक्त ग्यास चुहावट हुँदा ९ जनाको मृत्यु, ११ बेहोश

पञ्जाबको लुधियानास्थित ग्यासपुराको एक कारखानामा विषाक्त ग्यास चुहावट हुँदा कम्तीमा ९ जनाको मृत्यु भएको छ।

११ जना बेहोश भएका छन् र उनीहरूलाई अस्पताल भर्ना गरिएको अधिकारीहरूलाई उद्धृत गर्दै भारतीय सञ्चारमाध्यमहरूले जनाएका छन्।

एएनआईका अनुसार उद्धारका लागि घटनास्थलमा राष्ट्रिय विपद् प्रतिक्रिया बल (एनडीआरएफ), चिकित्सक र अग्नि नियन्त्रकको टोली पुगेको छ।

घटना के कारणले भएको हो भन्ने खुल्न बाँकी छ।

 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *