आहा ! काठमाडौंका पार्क (फोटो फिचर)
१६ वैशाख २०८० ११:५९
धुलो, धुँवा, भिडभाड र कोलाहलपूर्ण काठमाडौंमा सुन्दर र शान्त अनि खुला ठाउँ कहाँ होला ? धेरैलाई काठमाडौं शहर घुम्दा यस्तै लाग्छ । तर, काठमाडौंमा थोरै भए पनि यस्ता सुन्दर र शान्त अनि खुला ठाउँ छन् ।
२०७२ सालको विनाशकारी भूकम्पपछि राजधानीमा खुला ठाउँको महत्त्व बढेको छ । सरकारी र निजी क्षेत्र शहरका खुला ठाउँ संरक्षण गर्न र पार्क व्यवस्थित गर्न लागेका छन् । पार्कमा घुम्ने संस्कृति पछिल्लो समय बढ्दै गइरहेको पनि छ ।
भागदौडपूर्ण व्यस्त दिनचर्याबाट केही समय छुट्याएर आजकलका राजधानीवासी घुम्न निस्कन्छन् । लामो बिदामा टाढा घुम्न जाने संस्कृति विकास भएको छ भने छोटो फुर्सदमा पार्क तथा खुला ठाउँमा टहलिने धेरै भेटिन्छन् । आजको फोटो फिचरमा न्यूज एजेन्सी नेपालका फोटो पत्रकारले कैद गरेका काठमाडौं उपत्यकाका पार्कहरू :
प्रतिक्रिया