
प्रधानमन्त्रीले अस्थिरतामाथि खेल्ने प्रयास गरेकाे एमालेकाे आरोप


नेकपा (एमाले) ले प्रधानमन्त्री पुष्पकमल दाहालले अस्थिरतामाथि खेल्ने प्रयास गरेको आरोप लगाएको छ । शुक्रबार पार्टी केन्द्रिय कार्यालयमा पत्रकार सम्मेलन गरी पार्टीले यस्तो बताएको हो ।
पार्टीको तर्फबाट सञ्चारकर्मीहरूसँग बोल्दै पार्टीका उपमहासचिव विष्णु रिमालले पार्टी अध्यक्ष केपी शर्मा ओलीमाथि दिन प्रतिदिन आक्रमण बढिरहेको भन्दै अवाञ्छित गतिविधिको प्रधानमन्त्री स्वयं संरक्षक बनेको बताए।
उनले प्रमुख प्रतिपक्ष दलका शीर्ष नेतामाथि बारम्बार आक्रमण भइरहँदा पनि सुरक्षा प्रशासन मूकदर्शक बनेको बताए। उनले यस्ता अराजक गतिविधिलाई समयमा नै नसोच्ने हो भने विगतमा झैं मनोमानी बढ्ने बताए। उनले समाज एक ढंगले अराजक स्थितिमा जान खोजेको बताए।
उपमहासचिव रिमालले अहिलेको अस्थिरताको कारक प्रधानमन्त्री र नेकपा (माओवादी केन्द्र) नै रहेको दाबी गरे।
प्रतिक्रिया