लेयर्स कुखुरापालन व्यवसाय बचाउन ‘एग ट्रेडिङ’

लागत मूल्यभन्दा सस्तोमा अण्डा बिक्री गर्न बाध्य लेयर्स कुखुरापालन व्यवसायलाई बचाउन भन्दै व्यवसायीहरूले नेपाल एग ट्रेडिङ प्रा.लि. सञ्चालनमा ल्याएका छन् ।

व्यवसायीहरूले काठमाडौंको चन्द्रागिरि नगरपालिका वडा नं. १५, ढुंगेअड्डामा प्रा.लि. सञ्चालनमा ल्याएका हुन् । बिहीबारबाट सञ्चालनमा आएको प्रा.लि.ले नेपालमा उत्पादित अण्डाको बजार प्रवर्द्धनसँगै उपभोक्ता र उत्पादनको हितमा काम गर्ने प्रतिबद्धता जनाएको छ ।

कार्यक्रममा बोल्दै नेपाल पोल्ट्री महासंघका अध्यक्ष गुणचन्द्र विष्टले कुखुरा पाल्नतर्फ राज्यले ध्यान दिन जरुरी रहेको बताए । उनले पहिला कुखुरा पाल्न सहज भए पनि पछिल्लो समयमा भने विभिन्न कारण समस्या भइरहेको बताए ।

उनले कुखुरा पालन खोक्रो भइसकेकाले उकास्न आवश्यक रहेको बताए । उनले पोल्ट्री व्यवसायमा खेल्ने काम भन्दा पनि उत्पादन बढाउने र बजार सरलीकृत गर्ने काममा लाग्न जोड दिए ।

अध्यक्ष विष्टले पोल्ट्री क्षेत्र विगतमा नाकाबन्दी, भूकम्प र त्यसपछिको कोभिड-१९ ले धराशायी बनाएको बताउँदै राज्यले यसतर्फ ध्यान दिनुपर्ने बताए । व्यवसायीले मात्रै अहिलेको समस्या समाधान गर्न नसक्ने उनले बताए ।

 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *