नेपालको अर्थ-कूटनीतिमा प्रभुत्व जमाउँदै चीन

केही वर्षमा नै विश्वकै शक्तिशाली देश र आर्थिक केन्द्र बन्ने लक्ष्य राखेको चीनले त्यसैअनुरुप आफ्ना योजना र विभिन्न देशमा आफ्नो उपस्थितिलाई बढाउँदै लगेको छ । एसिया मात्र नभई अफ्रिका र पश्चिमा राष्ट्रमा पनि व्यापारिक हिसाबले जबर्जस्त उपस्थिति देखाउँदै आएको चीनले छिमेकी देश नेपालमा पनि सबै क्षेत्रमा आफ्नो भूमिकालाई तीव्र रुपमा बढाइरहेको छ ।

एक दशक अघिसम्म नेपालको राजनीतिलाई आन्तरिक मामिला भन्दै वास्ता नगर्ने चीनले अहिले सत्ताको दाउपेचमा नै खुला रुपमा आफ्नो भूमिका बढाउँदै लगेको छ । केही वर्षअघि एमाले र माओवादी केन्द्रबीच एकीकरणको लागि सहजीकरण गर्दै नेकपा निर्माण होस् वा गत प्रतिनिधिसभा निर्वाचनमा कम्युनिस्ट पार्टीबीच एकता र नभए गठबन्धनका लागि चिनियाँ अधिकारीको दौडधूप बढेको देख्न पाइन्छ ।

याे पनि – नेपाललाई ॠणको भार बोकाएर व्यापार गर्दै चीन

राजनीति मात्र नभई, विकास निर्माणका आयोजनाको जिम्मा, पर्यटन, व्यापार लगायत क्षेत्रमा प्रभुत्व र डिजिटल अपराधका गतिविधिमा संलग्नतामा चिनियाँहरु देखिन थालेका छन् । हरेक क्षेत्रमा चिनियाँ गतिविधि र हस्तक्षेप बढ्दै जाँदा आगामी दिनमा नेपालको सार्वभौमसत्तामाथि नै खतरा पर्ने संकेत देखिएको छ । विशेषगरी नेपालजस्तो भूपरिष्ठित देशले सबै छिमेकीसँग सन्तुलित भूमिका निर्वाह गर्नुपर्ने अवस्थामा चिनियाँको बढ्दो गतिविधिले अन्य देशलाई चिढ्याउने सम्भावना बढेको हो ।

कुन कुन आयोजनामा छन् चिनियाँ कम्पनी ?

चिनियाँ सरकार र नेपाल सरकारबीच भएका सम्झौताका कारण धेरै पूर्वाधारका आयोजनामा चिनियाँ कम्पनीहरु संलग्न छन् । पछिल्लो समय चिनियाँ कम्पनीहरुले पनि ठूला आयोजनाको टेन्डर हात पार्दै आएका छन् । चिनियाँ कम्पनीहरुले अरुको तुलनामा कम मूल्यमा ठेक्का सकारेपछि आयोजनाको जिम्मा पाउँदै आएका हुन् । तर, चिनियाँ कम्पनीहरुले गर्ने कामको परिणाम मिश्रित छ । कुनै आयोजनमा चिनियाँ पक्षले समयमै काम सकाएका छन् भने कुनैमा अलपत्र पारेका छन् ।

याे पनि – बीआरआईमा नेपालको मौनतापछि जीडीआई अघि बढाउँदै चीन

चिनियाँ पक्ष तथा कम्पनीले जिम्मा लिएका पोखरा अन्तर्राष्ट्रिय विमानस्थल, गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थल, भेरी–बबई सुरुङ निर्माण, काठमाडौंको चक्रपथको पहिलो खण्डलगायतको काम भएको छ भने दमक औद्योगिक पार्क, काठमाडौं–तराई मधेस द्रुतमार्गको सुरुङ निर्माणको काम र काठमाडौंको चक्रपथको दोस्रो खण्ड विस्तार, नारायणगढ–बुटवल सडक खण्ड, स्याफ्रुबेसी–रसुवागढी सडक स्तरोन्नति, टिमुरेको सुख्खा बन्दरगाह निर्माण लगायत काम हालसम्म पूरा गरेको छैन ।

बाराको निजगढस्थित निर्माणाधीन काठमाडौं-तराई/मधेश द्रुतमार्ग । तस्वीर : नारायण न्यौपाने/ रासस

बीआरआईका योजना पनि अलपत्र

चीनको बेल्ट एन्ड रोड इनिसियटिभ (बीआरआई) अन्तर्गतका सम्झौता कार्यान्वयनका लागि पहल नहुँदा ठूलो परियोजना, अनुदान सहायता, आयात निर्यातमा सहज पहुँच लगायत विषय अलपत्र परेका छन् । बीआरआई अन्तर्गतका सडक निर्माण, स्तरोन्नतिका काम हुन सकेका छैनन् भने केरुङ काठमाडौं रेलमार्गको सम्भावना अध्ययन गर्न बल्ल चिनियाँ टोली आइपुगेको छ ।

अर्कोतर्फ चीनले ऋण सहायतामा बनेका आयोजनाबाट ऋण तिर्न नै धौधौ पर्ने देखिएको छ । यसको पछिल्लो उदाहरण हो, पोखरा अन्तर्राष्ट्रिय विमानस्थल । यो विमानस्थल चिनियाँ बैंकसँग ऋण लिएर बनाइएको हो । विमानस्थल उद्घाटन भएको करिब ४ महिना पुग्न थाले पनि यहाँ अन्तर्राष्ट्रिय उडान हुन सकेको छैन । तर, चीनलाई ऋणको किस्ता तिर्नुपर्ने दिन नजिकिएको छ ।

याे पनि – बीआरआईमा जबर्जस्ती नेपाललाई जोड्दै चीन

फाइनान्सियल टाइम्सका अनुसार चीनको १० खर्ब (१ ट्रिलियन) अमेरिकी डलर लगानीको बिआरआई ‘इन्फ्रास्ट्रक्चर फाइनान्स’ कार्यक्रम खराब ऋणमा परिणत हुन थालेको छ । तीन वर्षमा ७८ अर्ब डलरभन्दा बढीको ऋण खराब भएको छ । न्युयोर्कस्थित अनुसन्धान संस्था रोडियमले संकलन गरेको तथ्यांकअनुसार सडक, रेलमार्ग, बन्दरगाह, विमानस्थल र विश्वभरिका अन्य पूर्वाधारका लागि चिनियाँ संस्थाबाट करिब ७८.५ अर्ब डलर ऋण सन् २०२० र यस वर्ष मार्च अन्तिमतिर पुनः वार्ता वा रद्द गरिएको थियो ।

पर्यटनदेखि उद्योगसम्म कब्जा

चिनियाँ नागरिकहरुले नेपालमा होटलदेखि रेष्टुरेन्टहरुमा लगानी बढाएका छन् । चिनियाँ पर्यटकहरु नेपाल भ्रमणमा आउँदा पनि चिनियाँकै होटलमा बस्ने र उनीहरुकै रेष्टुरेन्टमा खाने गर्छन् । पछिल्लो समय काठमाडौंको ठमेलदेखि पोखरा, चितवन लगायत पर्यटन हबमा चिनियाँ व्यापारीहरुले कब्जा जमाइसकेका छन् । त्यसकारण चीनबाट आउने पर्यटकले नेपालमा खर्च गर्ने रकम रेमिट्यान्सको रुपमा चीन नै फर्किरहेको छ ।

याे पनि – नेपालमा चीनको निर्लज्ज कूटनीतिक चाल

उद्योग तथा कलकारखामा पनि चिनियाँ लगानी भइरहेको छ । नवलपरासीमा होङ्सी सिमेन्ट र धादिङको ह्वासिन सिमेन्ट चिनियाँ लगानीमा नै स्थापना भएका हुन् । पछिल्लो समय होङ्सी सिमेन्टमा चिनियाँको एकलौटी गतिविधिले नेपाली साझेदार बाहिरिएका थिए । यो सिमेन्टले नेपाली बजारमा कब्जा जमाउन र अरु नेपाली लगानीकर्ताको सिमेन्ट उद्योग डुबाउन सुरुमा कम मूल्यमा सिमेन्ट बिक्री गर्ने र पछि आफ्नो एकलौटी बजार बनाएपछि मनपरी भाउ बढाउन खोजेको नेपाली साझेदारको भनाइ छ ।

अघोषित नाकाबन्दी

नेपालले विशेषगरी दुई नाकाबाट चीनसँग व्यापार गर्दै आएको छ, रसुवा र तातोपानी नाका । तर यी दुई नाका नै पछिल्लो केही वर्षयता ठप्पप्रायः छन् । चिनियाँ अधिकारीको नेपाल भ्रमण र नेपाली अधिकारीको चीन भ्रमणको क्रममा यी नाकालाई सहज बनाउन पटकपटक वार्ता पनि भएका छन् । तर त्यसअनुरुप नाकामा सहजता भने देखिएको छैन । पूर्व ओलाङचुङगोला देखि पश्चिममा हुम्लाको हिल्सासम्मका स्थानीय नाका पनि कोभिड लगायत कारण देखाउँदै चीनले हालसम्म बन्द गरेको छ । जसका कारण त्यहाँको जनजीवनमा नै प्रत्यक्ष असर परेको छ ।

राजनीतिमा उपस्थिति बढाउँदै

अन्य देशको आन्तरिक मामिलामा चासो नराख्ने चीनले नेपालको राजनीतिमा अहिले देखिने रुपमा नै भूमिका बढाएको छ । नेपालले अमेरिकी सहायता एमसीसी अनुदान लिने क्रममा होस् वा अमेरिकासँग सुरक्षा सम्झौतासम्बन्धी जीएसपीमा सहकार्यको विषय आउँदा चीनले खुला रुपमा नै आफ्नो धारणा राखेको थिए । त्यसबाहेक नेपालमा कम्युनिष्ट पार्टीहरुलाई एकताबद्ध गराउन, सत्तामा कम्युनिष्ट पार्टीलाई पु¥याउन र राष्ट्रपति तथा प्रधानमन्त्री आफूअनुकूलको व्यक्ति बनाउन पनि चिनियाँ राजदूत लगायत चिनियाँ अधिकारीको भूमिका बढिरहेको छ । त्यसैले पछिल्लो समय चिनियाँ अधिकारीको नेपाल भ्रमण पनि बाक्लिएको छ ।

याे पनि – ‘जबर्जस्ती कूटनीति’ अपनाउँदै चीन

नेपालको अर्थ, कूटनीति र राजनीतिमा चिनियाँ भूमिका चिन्ताजनक रुपमा बढिरहेको विश्लेषकहरुको भनाइ छ । तर, नेपाल सरकार, राजनीतिक दलका नेतृत्व भने यसमा गम्भीर देखिएका छैनन् । विश्वमा बढ्दो ध्रुवीकरणका बीच नेपालले आफूलाई सन्तुलित राख्नुपर्नेमा त्यसो हुन नसकिरहेको विश्लेषकहरु बताउँछन् । अर्कोतर्फ नेताहरु नै आफ्नो सत्ता स्वार्थका लागि छिमेकी मुलुकको समर्थन पाउन र त्यसका लागि जस्तोसुकै गतिविधि तथा निर्णय गर्न उद्यत देखिन्छन् ।

यी पनि-

उत्तरी नाकामा चीनको अझै ‘अघोषित नाकाबन्दी’, मारमा स्थानीय र व्यवसायी ?

सूचना बिनै चीनद्वारा तातोपानी र रसुवागढी नाका बन्द, दशै र तीजको सामग्री रोकियो

फेरि उत्तरी नाकाहरु ठप्प, दसैंको मुखमा चीनको ‘अघोषित नाकाबन्दी’

प्रतिक्रिया

4 thoughts on “नेपालको अर्थ-कूटनीतिमा प्रभुत्व जमाउँदै चीन

  1. True and eye opening analysis – it will be disaster and loss to Nepal and Nepalese if we don’t understand Chinese game so wake up.

    1. Also what’s happen to us we are just nothing in our country fucking all government & also us if we choose our government be a best then we can seem like this kinds of bitch

  2. The trustworthiness of India is highly questionable, especially in light of the severe blockade imposed during the catastrophic earthquake. This action demonstrated a blatant disregard for the lives of our children and elderly, who were severely impacted by the shortage of essential medications. Furthermore, India’s influence over our politicians through bribery has led to the exploitation of crucial resources like the Tanakpur and Mahakali rivers.

    The detrimental impact on Nepalese health due to the influx of carcinogenic vegetables from India is another critical issue that we are currently unable to mitigate effectively. Additionally, the extraction of natural resources from the Chure region is proceeding at an unsustainable rate, threatening to render the area uninhabitable within a few decades.

    Given these circumstances, our strategic alignment with China becomes not merely an option but a necessity. This stance is justified until such time as Indian bureaucrats align more closely with their cultural roots as Hindus rather than perpetuating colonial-era British practices.

  3. गलत बिश्लेषण। नेपालको भूमि अतिक्रमण देखि, साँस्कृतिक, आर्थिक र ब्यापारिक, पारवाहन, नदिजन्य बिषयमा भारतले सरकारी रणनितिद्वारा नै नेपाललाई डुबाइरहेको नदेख्ने यो लेखकले केहि खराब मनसायका चिनियाँ ब्यवसायीहरुको गलत कार्यलाई उछालेर नेपालको भूमिमा चिनले प्रभुत्व जमाउदैछ भन्नु गलत हो। चिनियाँहरुले लगानी गरेपनि सरकारलाई ट्याक्स तिर्ने र नेपाली कामदारलाई बेरोजगार हुनबाट जोगाएको सकारात्मक पाटोलाई लुकाउनु गलत हो। के भारतले नेपालको गाउँ, टोल र गल्ली गल्लीमा आर्थिक र साँस्कृतिक हस्तक्षेप गरिरहेको छैन। वर्षेनी लाखौं नांगा जोगीहरु आएर नेपालको अर्वौं रकम कुम्ल्याएर फर्किएको छैन र? मगन्ते र जोगीहरुले हरेक घरबाट दानस्वरुप नेपाली धन भारततिर लगेका छन्। साथै नेपाली मौलिक धर्मसंस्कार र संस्कृति रहनसहन माथि भारतले भाषिक तथा धार्मिक अतिक्रमण गरिरहेको छ। यसरी दिनानुदिन नेपाली मौलिकता गुम्दै गइरहेको छ। भारतियहरुले बिना दर्ता साना उद्योग देखि ठूला उद्योग चलाइरहेका छन्। यसले न त नेपाल सरकारलाई राजस्व प्राप्त हुन्छ न त नेपालीले रोजगार नै पाउँछन्। किनकी धेरैजसो भारतिय उद्योगमा भारतियहरुले नै काम गरिरहेको देखिन्छ। यस बिषयमा यो लेखकको ध्यान किन पुग्दैन? जमिन देखि जलसम्म नेपालको कब्जा जमाइरहेको भारतिय प्रभावलाई अनदेखा गर्ने लेखकले चिनको नेपालमा बढ्दो हस्तक्षेप देख्नु नै गलत छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *