काठमाडौंमा आगो लागेको फ्लाई दुबईको जहाज दुबईमा अवतरण

गए राति काठमाडौंबाट संयुक्त अरब इमिरेट्स (यूएई) का लागि उडेको जहाज दुबई अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गरेको छ।

नेपाली समयअनुसार राति ९:२० बजे त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट उड्नेबितिक्कै जहाजमा विस्फोटको आवाज सुनिनुका साथै आगलागी भएको थियो। जहाजलाई काठमाडौंमै फोर्स ल्याण्डिङको तयारी गरिएको थियो।

तर, निकैबेर नेपाली आकाशमै घुमेको जहाज समस्या समाधान भएपछि धार्केबाट पाइलटले गन्तव्यतर्फ लगेका थिए। फ्लाइट राडारका अनुसार फ्लाई दुबईको एफजेड ५७६ जहाज स्थानीय समय १२:१० मा अवतरण भएको हो।

फ्लाई दुबईले जहाजमा चरा ठोक्किएका कारण आगोको झिल्का देखिएको र ठूलो आवाज आएको बताएको दुबई मिडिया अफिसले जनाएको छ।

जहाजलाई फोर्स ल्याण्डिङ गर्नुअघि त्यसमा भएको इन्धन सकाउनुपर्ने कठिनाइका बीच जोखिम मोल्दै फ्लाई दुबईका चालक दलका सदस्यले बुद्धिमतापूर्ण कार्य गरेका छन्।

जहाजमा चालक दलका सदस्यबाहेक १२० विदेशी र ४९ जना नेपाली नागरिक सवार थिए।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *