सिंहदरबारमा तीन दलका शीर्ष नेताबीच के-के विषयमा भयो सहमति?

प्रमुख तीन दलहरूबीच संसदीय समितिको भागबण्डा, संवैधानिक परिषदसम्बन्धी विधेयक र संक्रमणकालीन न्यायसम्बन्धी विधेयकबारे सहमति भएको छ।

सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयमा सोमबार दिउँसो बसेको नेकपा (माओवादी केन्द्र), नेपाली कांग्रेस र नेकपा (एमाले) का शीर्ष नेताहरूको बैठकमा यी विषयमा सहमति भएको हो।

बैठकमा एमालेलाई तीनवटा संसदीय समितिको नेतृत्व दिने सहमति भएको छ।

यस्तै संवैधानिक परिषदसम्बन्धी विधेयक संसदबाट पारित गर्ने, संक्रमणकालीन न्यायसम्बन्धी विधेयकमाथि छलफल गर्न विशेष समिति गठन गर्ने सहमति भएको बैठकमा सहभागी एक नेताले जानकारी दिए।

बैठकमा प्रधानमन्त्री एवं माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’, नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, एमालेका अध्यक्ष केपी शर्मा ओलीसहित तीन दलका प्रमुख सचेतकहरू सहभागी थिए।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर