
नशारहित समाज नेपललाई हिमालयन बैंकको आर्थिक सहयोग


हिमालयन बैंक लिमिटेडले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत ललितपुरको हाडिगाउँस्थित नशारहित समाज नेपाल (उपचार केन्द्र) लाई आर्थिक सहयोग गरेको छ ।
बैंकले बहुद्देश्यीय हल निर्माणका लागि केन्दलाई पाँच लाख रुपैयाँ आर्थिक सहयोग प्रदान गरेको हो ।
बैंकका तर्फबाट प्रमुख कार्यकारी अधिकृत अशोकशमशेर राणाले सो रकम एक समारोहका बीच बैंंकका अन्य वरिष्ठ पदाधिकारीहरूको उपस्थितिमा उक्त संस्थाका अध्यक्ष सोनाम शेर्पालाई हस्तानतरण गरेको बैंकका प्रेस तथा जनसम्पर्क अधिकृत शीतल कोइरालाले जानकारी दिए ।
कुलतमा फसेका युवाहरूलाई उपचार केन्द्रले यसबाट छुटकारा दिनका लागि मद्दत गर्दै आएको छ। हाल यस उपचार केन्द्रले करिब सय जनालाई न्यूनतम खर्चमा यस सेवाबाट सहयोग गरिरहेको छ।
प्रतिक्रिया