नयाँ स्टक एक्सचेञ्जका लागि शंकर ग्रुपसहितको समूहले दियो आवेदन

धितोपत्र बोर्डमा नयाँ स्टक एक्सचेन्जका लागि हिमालयन स्टक एक्सचेञ्ज कम्पनीले आवेदन दिएको छ । सर्वोच्च अदालतले रिट खारेज गरेसँगै बोर्डले प्रक्रिया अघि बढाएपछि कम्पनीले शुक्रबार नयाँ स्टकका लागि आवेदन दिएको हो ।

नेपालको प्रतिष्ठित व्यापारिक घराना शंकर समूहका शंकरलाल अग्रवालसहित नेपाल उद्योग बाणिज्य महासँघका पूर्व अध्यक्षहरुको स्थापित समूहले हिमालयन स्टक एक्सचेन्जमा लगानी गरेको छ ।

धितोपत्र बोर्डले एउटा नयाँ स्टक र २ वटा वस्तु विनियम बजारका लागि आवेदन माग गरेको थियो । अहिलेसम्म स्टकका लागि एउटा कम्पनीले मात्रै आवेदन दिएको छ भने वस्तु विनिमय बजारका लागि आवेदन परेको छैन ।

स्टक र वस्तु विनिमय बजारका लागि आवेदन दिने समय आइतबारसम्म छ ।

हिमालयन स्टकमा मुख्य लगानीकर्तामा शंकर समूहका अग्रवालसहित नेपाल उद्योग वाणिज्य महासंघका निवर्तमान अध्यक्ष शेखर गोल्छा, पूर्वअध्यक्ष पशुपति मुरारका, खेतान समूहका राजेन्द्र खेतान, लक्की ग्रुप, व्यवसायी दीपक भट्ट, मित्सुविसी मोटर्सका आशिष श्रेष्ठ, ज्योती समूहका शौरभ ज्योती, जुनी गुरुङ, विवेक दुगड  र अमित मोरलगायतका व्यक्तिको मुख्य लगानी रहेको छ ।

सर्वोच्च अदालतले स्टक खोल्न बाटो खुला गरेपछि बोर्डले पुनः आवेदन माग गरेको थियो । सर्वोच्च अदालतको अल्पकालीन अन्तरिम आदेशले रोकिएको स्टक एक्सचेन्ज र कमोडिटी एक्सचेन्जको लाइसेन्सका लागि बोर्डले चैत ३० गते १० दिनको समय राखेर पुनः आवेदन माग गरेको हो ।

असोज २ गते प्रकाशित सूचनाअनुसार आवेदनको समय ४५ दिन तोकिएकोमा सर्वोच्चको आदेशले १० दिनअगावै आवेदन प्रक्रिया रोक्नुपरेकाले त्यति नै समयका लागि आवेदन खुला गरिएको बोर्डले जनाएको छ ।

असोज २ गते धितोपत्र बोर्डले नयाँ ब्रोकर, नयाँ स्टक र वस्तु विनियम बजारलाई लाइसेन्स दिन आवेदन माग गरेको थियो । असोज ३१ गते अधिवक्ता दिपकविक्रम मिश्रले तत्काल नयाँ ब्रोकर, नयाँ स्टक र वस्तु विनियम बजारलाई लाइसेन्स दिने प्रक्रिया रोक्न माग गर्दै रिट दायर गरेका थिए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर