नेपाली राजदूत पोखरेल र अष्ट्रेलियाका गभर्नरबीच भेटवार्ता

अष्ट्रेलियाका लागि नेपाली राजदूत कैलाशराज पोखरेल र अष्ट्रेलियाको केन्द्रीय बैँक रिजर्भ बैंक अफ अष्ट्रेलिया (आरबीए) का गभर्नर फिलिप लोइबीच भेटवार्ता भएको छ।

बिहीबार भएको भेटवार्तामा नेपाली द्विपक्षीय चासोका विषयसहित बैंकिङ क्षेत्रबारे छलफल भएको राजदूतावास क्यानवेराले जनाएको छ। भेटमा अष्ट्रेलियाबाट नेपाल आउने रेमिट्यान्स, कमर्सियल बैंकबीच सम्बन्ध स्थापनाको सम्भावनाबारे पनि छलफल भएको छ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *