नेपाल-भारत पाइपलाइन सञ्चालनपछि सस्ताे हुनेछ इन्धन

छिट्टै नै नेपालमा पाइपलाइनमार्फत भारतबाट पेट्रोल आयात सुरु हुँदैछ। भारत र नेपालबीचको यो साझेदारीले भूपरिवेष्ठित मुलुकमा पेट्रोलको मूल्य घट्ने अपेक्षा गरिएको छ।

पाइपलाइनबाट पेट्रोल ढुवानी गर्न केही समय लागे पनि योजनाअनुसार काम अघि बढेमा आगामी जनवरीदेखि सुरु हुने सम्भावना छ।

नेपाल आयल निगमको अमलेखगञ्ज डिपोका प्रमुख विनितमणि उपाध्यायले आवश्यक पूर्वाधार निर्माणको काम अहिले तीव्र गतिमा भइरहेको बताए।

उनका अनुसार यसबाट पेट्रोल ढुवानी खर्चमा केही कमी आउन सक्छ। हालसम्म भारतबाट नेपालमा पाइपलाइनबाट डिजेल मात्रै आपूर्ति हुँदै आएको थियो। आपूर्ति सुरु भएपछि नेपालमा डिजेलको मूल्य प्रतिलिटर २ रुपैयाँसम्मले घटेको थियो।

दक्षिण एसियाकै पहिलो अन्तर्राष्ट्रिय पाइपलाइन
भारतको बिहारको मोतिहारीदेखि नेपालको अमलेखगञ्जसम्म डिजेल पुर्‍याउन पाइपलाइन निर्माण गरिएको थियो। यसको काम अगस्त द्दण्ज्ञड मा सुरु भएको थियो।

यद्यपि दक्षिण एसियामा यो पहिलो अन्तर्राष्ट्रिय पेट्रोलियम पाइपलाइनले पेट्रोल होइन कोइला डिजेल आपूर्ति गरिरहेको थियो।

नेपाल आयल निगमका एक अधिकारीले अमलेखगञ्जमा पेट्रोल भण्डारण क्षमताका लागि पूर्वाधार पूर्ण रूपमा तयार भइनसकेकाले पेट्रोल आपूर्ति हुन नसकेको बताए।

तर, पाइपलाइन निर्माणको दोस्रो चरणमा इण्डियन आयल कर्पोरेशनसँगको साझेदारीमा यस्ता भण्डारण केन्द्रको निर्माण कार्य तीव्र गतिमा भइरहेको उनले बताए।

नेपाल र भारतको संयुक्त लगानीमा निर्माण भएको यो अन्तर्राष्ट्रिय पाइपलाइनलाई चितवनको लोथरसम्म ७० किलोमिटर विस्तार गर्ने योजना छ। हाल निर्माण भइरहेको पाइपलाइनको कुल लम्बाइ ६९.२ किलोमिटर छ, जसमध्ये ३६.२ किलोमिटर नेपालमा पर्छ।

जनवरीदेखि सुरु हुनेछ पेट्रोल आपूर्ति
अमलेखगञ्ज डिपोका प्रमुख उपाध्यायले पाइपलाइनको दोस्रो चरणअन्तर्गत अमलेखगन्जमा भण्डारण केन्द्र र अन्य पूर्वाधार निर्माणको काम भइरहेको बताए।

उनका भने, ‘अहिले एनओसी र आईओसीको संयुक्त लगानीमा विभिन्न पूर्वाधार निर्माणको काम भइरहेको छ, अहिलेकै गतिमा काम अघि बढेमा सन् २०२४ को जनवरीसम्ममा पाइपलाइनबाट पेट्रोल आपूर्तिको काम सुरु हुनेछ।’

यसका लागि भण्डारण ट्यांकी, पम्प हाउस र आगो नियन्त्रण प्रणालीको काम पनि भइरहेको उनको भनाइ छ।

नेपाल आयल निगमका अनुसार अहिले दैनिक करिब चार हजार किलोलिटर डिजेल पाइपलाइनबाट आपूर्ति भइरहेको छ।

अहिले भैरहवासम्म सबै डिजेल पाइपलाइनबाटै आउँदैछ। त्यहाँबाट तेल ट्यांकरमा भरेर देशका दुर्गम क्षेत्रमा पुर्‍याउने गरिएको छ।

कति छ भण्डारण क्षमता?
उपाध्यायका अनुसार अमलेखगञ्ज डिपोमा १९ हजार किलोलिटर डिजेल भण्डारण क्षमता रहेको छ।

उनले भने, ‘नेपालको कुल पेट्रोलियम खपतमा डिजेलको हिस्सा सबैभन्दा बढी छ। देशको कुल खपतमा डिजेलको अंश ६५ देखि ७० प्रतिशतसम्म रहेको छ।’

तर, अमलेखगञ्जमा पेट्रोलको भण्डारण क्षमता निकै सीमित छ। यहाँ ३ हजार ५ सय किलोलिटर मात्रै पेट्रोल भण्डारण गर्न सकिन्छ।

उनका अनुसार आईओसीको लगानीमा अमलेखगञ्जमा ४-४ हजार किलोलिटरका दुईवटा पेट्रोल भण्डारण ट्यांकी निर्माण भइरहेको छ। त्यस्तै नेपाल आयल निगमको लगानीमा दुईवटा ट्यांकी निर्माण भइरहेको छ।

एउटै पाइपबाट डिजेल र पेट्रोल पठाउँदा केही मात्रामा तेल मिसिने उनको भनाइ छ। तयसैले यसका लागि तेल भण्डारण गर्न छुट्टै ट्यांकी बनाइँदैछ।

भण्डारण स्थल बनेपछि अहिले बरौनीबाट ट्यांकरमा भर्दै आएको पेट्रोल पनि पाइपलाइनमार्फत नेपाल ल्याइनेछ।

यो योजनाको दोस्रो चरणमा नेपाल र भारत मिलेर दुई अर्ब रुपैयाँभन्दा बढी खर्च गर्ने बताइएको छ।

इण्डियन आयल कर्पोरेशन।

पाइपलाइनबाट आपूर्तिको फाइदा
अधिकारीहरूका अनुसार पाइपलाइनको काम पहिले नै सम्पन्न हुन सक्ने भए पनि कोभिड महामारीका कारण केही ढिलाइ भएको हो।

उपाध्यायले भने, ‘पाइपलाइन सामान ढुवानीको आधुनिक माध्यम हो, यसले ढुवानीलाई सहज मात्र होइन छिटो र भरपर्दो पनि बनाउँछ। पाइपलाइनले ट्यांकर ढुवानीबाट हुने वातावरणीय क्षतिलाई न्यूनीकरण गर्नुका साथै बाटोमा हुने चोरी र मिसावटलाई पनि न्यूनीकरण गर्नेछ।’

उनका अनुसार अहिले काठमाडौंसम्म पेट्रोल ल्याइपुर्‍याउन प्रतिलिटर ६ रुपैयाँ ७२ पैसा लाग्ने गरेको छ। पाइपलाइनबाट आपूर्ति भएपछि यो लागत घटेर साढे चार रुपैयाँसम्म हुनेछ। -बीबीसी हिन्दी

 

 

 

 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *