बूढीगण्डकी जलविद्युत आयोजनाको काम सुरु गर्न सरकारलाई रुलिङ गर्न माग

नेकपा (एकीकृत समाजवादी) का उपाध्यक्ष एवं सांसद राजेन्द्रप्रसाद पाण्डेले अलपत्र अवस्थामा रहेको बूढीगण्डकी जलविद्युत आयोजनाको निर्माण कार्य तत्काल सुरु गर्न सरकारलाई रुलिङ गर्न सभामुख देवराज घिमिरेको ध्यानाकर्षण गराएका छन्।

मुलुकको सबैभन्दा ठूलो सो जलविद्युत आयोजनाको कामलाई अघि बढाउन नचाहेको देखिएको उल्लेख गर्दै उनले त्यसको कारणबारे सरकारले संसदलाई जानकारी गराउनुपर्ने पनि बताए।

बुधबार प्रतिनिधिसभा बैठकमा विशेष समय लिएर बोल्दै उपाध्यक्ष पाण्डेले समयसीमा निर्धारण गरेर सो जलविद्युत आयोजनाको कामलाई अघि बढाउन सरकारले ढिलाइ गर्न नहुने पनि बताए।

उपाध्यक्ष पाण्डेले सो आयोजना निर्माणको काम छिटो सम्पन्न गर्न सके मुलुकमा ठूलो आर्थिक योगदान पुग्ने र रोजगारीको अवसर सिर्जना हुने बताए।

 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर