भाजपा विदेश विभाग प्रमुख चौथाइवालेले भेटे एमाले अध्यक्ष ओली

भारतीय जनता पार्टी (भाजपा) का विदेश विभाग प्रमुख विजय चौथाइवालेले प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले) का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीसँग भेटवार्ता गरेका छन्।

उनले मंगबार साँझ भक्तपुरको बालकोटस्थित ओली निवास पुगेर ओलीसँग राजनीतिक भेटवार्ता गरेका हुन्। भेटमा एमाले उपमहासचिव विष्णु रिमाल पनि सहभागी थिए।

 

सुदूरपश्चिमको धनगढीमा आयेजित नेपाल-भारत अन्तर्राष्ट्रिय मानखण्ड सम्मेलनमा सोमबार सहभागी भएपछि काठमाडौं आएका उनी राजनीतिक भेटवार्तामा व्यस्त छन्।

उनले यसअघि मंगलबार नै प्रधानमन्त्री पुष्पकमल दाहाल, नेपालीका कांग्रेसका सभापति शेरबहादुर देउवा, नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपाल र उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठलाई छुट्टाछुट्टै भेटेका थिए।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर