डीआईजी बढुवा सिफारिसविरुद्ध लोकसेवा आयोगमा उजुरी

नेपाल प्रहरीमा रिक्त १३ प्रहरी नायब महानिरीक्षक (डीआईजी) पदका लागि गरिएको बढुवा सिफारिसविरुद्ध लोकसेवा आयोगमा उजुरी परेको छ।

प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) द्वय चक्रबहादुर सिंह र अनुराग द्विवेदीले बढुवा सिफारिसविरुद्ध उजुरी दिएका हुन्।

आफूभन्दा पछिल्लो ब्याचका एसएसपी डीआईजी बढुवा सिफारिसमा परे पनि आफूहरू भने नपरेको भन्दै एसएसपीद्वय सिंह र द्विवेदीले उजुरी गरेका हुन्।

गृह मन्त्रालयअन्तर्गतको बढुवा समितिले गत २९ चैतमा १३ एसएसपीलाई डीआईजीमा बढुवा सिफारिस गरेको थियो।

बढुवा सिफारिस हुनेमा कुवेर कडायत, केदार ढकाल, विष्णुकुमार केसी, भरतबहादुर बोहोरा, रवीन्द्र केसी, राजेशनाथ बास्तोला, चन्द्रकुवेर खापुङ, जनक भट्टराई, लालमणि आचार्य, सुरेन्द्रप्रसाद मैदानी, अर्जुन चन्द ठकुरी, यज्ञविनोद पोखरेल र विकासराज खनाल रहेका छन्।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर