
प्रधानमन्त्रीले गरे फास्ट ट्र्याकको अवलोकन


निर्माणाधीन काठमाडौं-तराई/मधेस द्रुतमार्गको प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आज अवलोकन गरेका छन्।
राष्ट्रिय गौरवको सो परियोजना प्रधानमन्त्री प्रचण्डको दोस्रो कार्यकालमा नेपाली सेनालाई जिम्मेवारी दिइएको थियो। हाल सो आयोजनाको निर्माण जारी छ। प्रधानमन्त्री प्रचण्डलगायत नेपाल सरकारका उच्च अधिकारी सम्मिलित टोलीले निर्माण भइरहेका विभिन्न खण्डहरूमा पुगी अवलोकन गरेको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ।
सचिवालयका अनुसार प्रधानमन्त्री प्रचण्डको साथमा उपप्रधानमन्त्री तथा रक्षामन्त्री पूर्णबहादुर खड्का, भौतिक तथा यातायात व्यवस्थामन्त्री प्रकाश ज्वाला, अर्थमन्त्री डा. प्रकाशशरण महत, मुख्यसचिव शंकरदास वैरागी, नेपाल सरकारका सचिव र नेपाली सेनाका प्रधानसेनापति प्रभुराम शर्मालगायतको सहभागिता थियो।
काठमाडौंलाई तराई/मधेससँग जोड्ने सबैभन्दा छोटो दूरीको सो आयोजना नेपाली सेनाको व्यवस्थापनमा निर्माण भइरहेको छ।
- परराष्ट्रमन्त्रीद्वारा युक्रेनका विदेशमन्त्रीसँग वार्ता, युक्रेनी सेनाको कब्जामा रहेका ७ नेपालीलाई मुक्त गर्न माग
- पश्चिमा देशहरूले फरक-फरक किसिमको व्यवहार गर्दा विश्वको शान्ति खल्बलियो : विश्व नेताहरू
- सुन तस्करीमा पाँच वर्ष जेल बसेका लामा २५ करोडसहित फेरी समातिए
- मोरङमा आगलागी परी दुई बालबालिकाको मृत्यु, ८ घर नष्ट
प्रतिक्रिया