बजारमा ४० देखि ८० प्रतिशत माग संकुचन छ : अध्यक्ष अग्रवाल

नेपाल उद्योग परिसंघका अध्यक्ष विष्णुकुमार अग्रवालले बजारमा ४० देखि ८० प्रतिशत मागमा संकुचन आएको बताएका छन्।

सोमबार काठमाडौंमा सातौं चितवन अन्तर्राष्ट्रिय प्रदर्शनीबारे जानकारी दिन गरिएको पत्रकार सम्मेलनमा उनले उद्योग परिसंघले गरेको विभिन्न अध्ययन प्रतिवेदनअनुसार मुलुकभर उत्पादन वस्तुको मागमा ४० देखि ८० प्रतिशत संकुचन आएको देखाएको बताएका हुन्।

उनले भने, ‘अहिले उद्योगी र व्यवसायीहरु कठिन परिस्थितिमा गुज्रिरहेका छन्। व्यवसायीहरूले बैंकको उच्च ब्याजदरको सामना गर्नुपरेको छ। बैंकहरूमा तरलताको अवस्था सुधार भए पनि कागजमा सीमित हुँदा उद्योगी व्यवसायीहरूले अझै ॠण पाउन समस्या छ।’

अध्यक्ष अग्रवालले पछिल्लो समय कागजी रूपमा बैंकहरूमा तरलताको अभाव नदेखिए पनि उद्योगी व्यवसायीहरूले सहज रूपमा कर्जा पाउन नसकेको दाबी गरे। उनले व्यवसायीहरूले बजारबाट उधारो उठाउन नसक्दा बैंकको किस्ता तिर्नसमेत नसकेको उल्लेख गरे।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *