ओली भेट्न बालकोट पुगे प्रधानमन्त्री प्रचण्ड, कांग्रेस सभापति देउवा र सभामुख घिमिरे

प्रधानमन्त्री एवं नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’, नेपाली कांग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवा र प्रतिनिधिसभाका सभामुख देवराज घिमिरे नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीलाई भेट्न उनको निवास बालकोट पुगेका छन्।

ओलीलाई भेट्न प्रचण्ड, देउवा र घिमिरे सोमबार बिहान बालकोट गएका हुन्।

संसदमा विचाराधीन महत्त्वपूर्ण विधेयकमा सहमति खोज्न प्रधानमन्त्री र सभामुखसहित प्रमुख तीन दलका शीर्ष नेताहरूबीच भेटवार्ता भएको छ।

ओली भाइरल ज्वरोका कारण केही दिनयता घरमै स्वास्थ्यलाभ गरिरहेकाले उनकै निवासमा भेटेर स्वास्थ्यलाभको कामनाका साथै महत्त्वपूर्ण विधेयकबारे उनीसँग प्रचण्ड, देउवा र घिमिरेले छलफल गरेका हुन्।

उनीहरूबीच सत्य निरूपण तथा मेलमिलाप आयोग र बेपत्ता पारिएका व्यक्तिहरूको छानबिनसम्बन्धी ऐन, २०७१ को संशोधन विधेयक, संवैधानिक परिषद (काम कर्तव्य, अधिकार र कार्यविधि) सम्बन्धी ऐन, २०६६ लाई संशोधन गर्न बनेको विधेयकका विषयमा छलफल भएको छ।

प्रतिक्रिया

One thought on “ओली भेट्न बालकोट पुगे प्रधानमन्त्री प्रचण्ड, कांग्रेस सभापति देउवा र सभामुख घिमिरे

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर