सिद्धार्थ बैंकका ग्राहकहरूलाई नेपालगञ्जको श्री हेल्थ केयर अस्पताल तथा प्रसूति गृहमा विशेष छुट

सिद्धार्थ बैंक लिमिटेड र श्री हेल्थ केयर अस्पताल तथा प्रसूति गृह प्रा. लि. बीच बैंकका ग्राहकहरूलाई विभिन्न सेवामा छुट प्रदान गर्नेसम्बन्धी सम्झौता भएको छ । उक्त सम्झौतापत्रमा सिद्धार्थ बैंकका तर्फबाट नेपालगञ्ज शाखा प्रमुख किरण राणामगर तथा श्री हेल्थ केयर अस्पताल तथा प्रसूति गृह प्रा. लि. का तर्फबाट प्रबन्ध निर्देशक डा. मञ्जु बीसी शाहले हस्ताक्षर गरेका छन् ।

उक्त सम्झौताअनुसार बैंकका ग्राहकहरूले श्री हेल्थ केयर अस्पताल तथा प्रसूति गृह प्रा. लि. मा सिद्धार्थ बैंकको डेबिट, क्रेडिट तथा प्रिपेड कार्ड, मोबाइल बैैंकिङ तथा क्यूआरमार्फत भुक्तानी गर्दा विभिन्न स्वास्थ्य सेवामा १० प्रतिशतसम्मको छुट प्राप्त गर्न सक्नेछन् । यस सुविधाले ग्राहकहरूलाई छुटको सुविधा उपलब्ध हुनुका साथै नगद कारोबारबाट डिजिटल कारोबारमा जान उत्प्रेरित गर्ने विश्वास बैंकले लिएको छ ।

बैंकले डिजिटल बैंकिङ माध्यमहरुको प्रयोगलाई बढाउन र ग्राहकहरूलाई डिजिटल माध्यमबाट भुक्तानी गर्न प्रोत्साहन गर्न समय समयमा ग्राहकमैत्री सुविधाहरू सञ्चालनमा ल्याउँदै आएको छ । डिजिटल कारोबार गर्दा पाइने छुटसम्बन्धी विस्तृत विवरणहरू सिद्धार्थ बैंकको वेबसाइट https://www.siddharthabank.com/discount-partner मा प्राप्त गर्न सकिनेछ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर