भारतबाट बढेर आयो इन्धनको मूल्य

भारतबाट इन्धनको मूल्य बढेर आएको छ। नेपाल आयल निगमका प्रवक्ता ई. मनोज कुमार ठाकुरले डिजेलमा करिब एक रुपैयाँ र पेट्रोलमा करिब साढे ६ रुपैयाँ बढेर आएको जानकारी दिए।

अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मूल्य बढेकाले इन्धनको मूल्य बढेको हो।

नेपाल आयल निगमले इण्डियन आयल कर्पोरेसन (आईओसी) बाट इन्धन ल्याएर बिक्री-वितरण गर्छ। आईओसीले नेपाल आयल निगमलाई पन्ध्र-पन्ध्र दिनमा पेट्रोलियम पदार्थको नयाँ मूल्य पठाउँछ।

हाल नेपाली बजारमा पेट्रोलको मूल्य प्रतिलिटर १७५ रुपैयाँ र डिजेलको मूल्य प्रतिलिटर १६५ रुपैयाँ छ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *