रौतहट गोलीकाण्ड : १६ जना पक्राउ

रौतहटको गढीमाई नगरपालिकामा शनिबार जमिनसम्बन्धी विवादका क्रममा एक जनाको मृत्यु र चार जना घाइते हुने गरी भएको गोलीकाण्ड घटनामा संलग्नताको आशंकामा प्रहरीले १६ जनालाई पक्राउ गरेको छ। पक्राउ परेकाहरूमाथि अनुसन्धान भइरहेको जिल्ला प्रहरी प्रवक्ता प्रहरी नायब उपरीक्षक (डीएसपी) उमाशंकर यादवले जानकारी दिए।

‘बाटो बनाउने क्रममा दुई पक्षबीच भएको विवादले झगडाको रूप लिँदा गोली चलेको देखिन्छ,’ डीएसपी यादवले पर्दाफाससँग भने, ‘१६ जनालाई पक्राउ गरेर घटनाको अनुसन्धान गरिरहेका छौं।’

घटनामा गोली लागेर स्थानीय राजकुमार राय यादवको मृत्यु भएको छ। गोली लागेका उनलाई उपचारका लागि वीरगञ्ज लैजाँदै गर्दा बाटोमै मृत्यु भएको प्रहरीले जनाएको छ।

गोली कसले चलायो भन्ने खुल्न सकेको छैन। गढीमाई नगरपालिकाले निर्माण गरिरहेको बाटोका विषयमा विवाद हुँदा १२ बोरको बन्दुकबाट गोली प्रहार भएको प्रहरीको भनाइ छ। बन्दुक प्रहरीले बरामद गरेको छ।

 

प्रतिक्रिया

One thought on “रौतहट गोलीकाण्ड : १६ जना पक्राउ

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर