
सिरहामा जंगली हात्तीको आक्रमणबाट वृद्धको मृत्यु


फाइल तस्बिर ।
सिरहामा जङ्गली हात्तीको आक्रमणबाट एक वृद्धको मृत्यु भएको छ । गोलबजार नगरपालिका–१ लमाडडामा गए राति नाच हेर्न गएका बेला हात्तीको आक्रमणबाट गोलबजार नगरपालिका–३ गोलामुक्सारका ७४ वर्षीय तुलबहादुर आलेमगरको ज्यान गएको हो ।
नाच हेरेर फर्किने क्रममा गोलबजार नगरपालिका–१ गुलरियामा एक्कासी हात्ती देखिएपछि अन्य साथीहरू भागेको र तुलबहादुर भाग्न नसक्दा हात्तीको आक्रमणमा परेको वडा नं ३ का अध्यक्ष धनप्रसाद लामाले जानकारी दिए ।
घटनालगत्तै पुगेको प्रहरी टोलीले हात्ती धपाएको इलाका प्रहरी कार्यालय गोलबजारका प्रमुख प्रहरी निरीक्षक डुपेन्द्रप्रसाद बुढाथोकीले जानकारी दिए । शव परीक्षणका लागि प्रादेशिक अस्पताल लहान लगिएको छ ।
- एमालेले भन्यो- सम्बन्धित पक्षसँग छलफल गरी पाथीभरा केबलकार निर्माण अघि बढाउनुपर्छ
- एनआरएनको अधिवेशन गराउन परराष्ट्र मन्त्रालयले तोक्यो कर्मचारी
- एमालले जन वर्गीय संगठनको केन्द्रिय पदाधिकारीको संख्या ९ मा सिमित गर्ने
- सय रुपैयाँको रिचार्ज किन्दा ५० पैसा बीमा कोषमा जाने व्यवस्था गर्नुपर्छ : स्वास्थ्यमन्त्री पौडेल
प्रतिक्रिया