एमाले निकट युवा संघको अध्यक्षमा क्षितिज थेबे र महासचिवमा सुमन पुरी निर्वाचित

नेकपा (एमाले) निकट युवा संघको अध्यक्षमा क्षितिज थेबे चयन भएका छन् । नेपालगञ्जमा भएको महाधिवेशनमा सर्वसम्मत रूपमा थेबेको नाम प्रस्ताव भएको युवा संघका इन्चार्ज महेश बस्नेतले जानकारी दिए ।

संघको उपाध्यक्षमा सात जनाको नाम प्रस्ताव भएको छ । प्रस्तावित नामहरूमा अमित लामा, पुष्प श्रेष्ठ, कृष्णहरि केसी, महाराज गुरुङ, सीता सुवेदी, रमेश तिवारी र प्रकाश गौतम रहेका छन् । प्रस्तावित नाममा हलले ताली बजाएर सर्वसम्मत अनुमोदन गरेको छ । त्यसैगरी महासचिवमा सुमन पुरी र उपमहासचिवमा दुई जना राजु थापा र महेन्द्र गुरुङको नाम अनुमोदन भएको छ ।

त्यसैगरी सचिवतर्फ विनय शाह, खेम शर्मा, जय गुरुङ, मोबिन आलम, अनिता कन्दङ्वा, देवानन्द मेहता, विष्णा चन्द, पर्वत भण्डारी, कुवेर अधिकारी चयन भएका छन् । त्यसैगरी कोषाध्यक्ष (आर्थिक विभाग प्रमुख) राकेश राई निर्वाचित भएका छन् । लेखा आयोगमा सन्तोष चौलागाईं प्रमुख, नानीराम तिवारी उपप्रमुख, र प्रवीण बोगटी सचिव, अनुशासन आयोगतर्फ राकेश लामा प्रमुख, दीपेश खड्का उपप्रमुख र सचिवमा राजन नेपाली चयन भएका छन् ।

निर्वाचन आयोगमा बलराम बेलबासे प्रमुख र उपप्रमुखमा बाबु छतकुली र सचिवमा गोकर्ण नेपाली चयन भएका छन् । केन्द्रीय सदस्यहरूको नाम पनि सर्वसम्मत प्रस्ताव गर्ने तयारी रहेको बस्नेतले जानकारी दिए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर