कोरोना संक्रमणबाट एक जनाको मृत्यु, थप १०६ जनामा संक्रमण पुष्टि

कोरोना भाइरसको संक्रमणबाट मंगलबार एक जनाको मृत्यु भएको छ।

पछिल्लो तीन महिनायता संक्रमणबाट मृत्यु संख्या शून्य रहिआएकोमा मंगलबार एक जनाको मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ। यसअघि कोरोना संक्रमणबाट २३ पुसमा एक जनाको मृत्यु भएको थियो।

यस्तै मंगलबार थप १०६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। मन्त्रालयका अनुसार २ हजार ४३६ नमुनामध्ये ४७६ जनाको पीसीआर परीक्षण गर्दा ७४ जना र १ हजार ९६० जनाको एन्टिजेन परीक्षण गर्दा ३२ जना गरी १०६ जनामा संक्रमण देखिएको हो।

यस्तै कोरोनाका संक्रिय संक्रमितको संख्या ४६९ पुगेको छ।

काठमाडौं उपत्यकामा संस्थागत आइसोलेसनमा २४ जना र आईसीयूमा १३ जना रहेका छन् भने ५ जनाको भेन्टिलेटरमा उपचार भइरहेको छ।

मंगलबार मात्रै ४८ जना संक्रमित निको भएर घर फर्किएका छन्।

कोरोना भाइरसको संक्रमण बढेसँगै स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले स्वास्थ्य मापदण्ड पालना गर्न र खोप लगाउन आग्रह गरेको छ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर