बैंकको ब्याजदर घटाउन प्रधानमन्त्रीलाई उद्योगमन्त्रीको आग्रह
२८ चैत २०७९ १२:५३
उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री रमेश रिजालले बैंकको ब्याजदर घटाउन प्रधानमन्त्रीसँग आग्रह गरेका छन्।
मंगलबार उद्योग वाणिज्य महासंघको ५७औं वार्षिक साधारण सभालाई सम्बोधन गर्दै उनले सो आग्रह गरेका हुन्। उनले अहिलेको आर्थिक अवस्था चुनौतीपूर्ण रहेको बताए।
उनले निजी क्षेत्रको सहयोगबिना मुलुकमा आर्थिक उन्नती हुन नसक्ने बताए। उनले आर्थिक अवस्थालाई सुदृढ पार्न निजी क्षेत्रलाई सहयोग गर्न सरकार तयार रहेको पनि बताए।
मन्त्री रिजालले मन्त्रालयबीचको समन्वय कम भएको भन्दै यसको पहल लिन आग्रह गरे। उनले स्वदेशी उत्पादनको प्रयोगलाई पहिलो प्राथमिकता दिने भने पनि कार्यान्वयन हुन नसकेको बताए।
प्रतिक्रिया