
सामाजिक सञ्जालबाट चरित्रहत्या गरेको अभियोगमा युवक पक्राउ


फाइल फोटो
सामाजिक सञ्जालको दुरुपयोग गरी चरित्रहत्या गरेको अभियोगमा एक जना पक्राउ परेका छन्। झापाको झापा गाउँपालिका–६ स्थायी ठेगाना भएका २० वर्षीय कादिर मोमिनलाई शुक्रबार प्रहरीले पक्राउ गरेको हो।
सामाजिक सञ्जाल फेसबुक र टिकटकमा पीडित महिलाको चरित्रहत्या हुने खालका अश्लील शब्दहरू लेख्नुका साथै अन्यको शरीर जोडिएको तस्बिर र भिडियोहरू पोष्ट गरी दुःख हैरानी दिई चरित्रहत्या हुने कार्य गरेको भन्ने उजुरीका आधारमा साइबर ब्यूरो, भोटाहिटीबाट खटिएको प्रहरीले जिल्ला प्रहरी कार्यालय झापाको सहयोगमा उनलाई झापा गाउँपालिका–६ बाट पक्राउ गरेको हो।
उनीमाथि विद्युतीय कारोबार ऐन, २०६३ अन्तर्गतको कसुरमा ४ दिन म्याद थप गरी आवश्यक अनुसन्धान भइरहको प्रहरीले जनाएको छ।
- परराष्ट्रमन्त्रीद्वारा युक्रेनका विदेशमन्त्रीसँग वार्ता, युक्रेनी सेनाको कब्जामा रहेका ७ नेपालीलाई मुक्त गर्न माग
- पश्चिमा देशहरूले फरक-फरक किसिमको व्यवहार गर्दा विश्वको शान्ति खल्बलियो : विश्व नेताहरू
- सुन तस्करीमा पाँच वर्ष जेल बसेका लामा २५ करोडसहित फेरी समातिए
- मोरङमा आगलागी परी दुई बालबालिकाको मृत्यु, ८ घर नष्ट
प्रतिक्रिया