देशको आर्थिक अवस्थालाई सदृढ बनाउन सरकार र निजी क्षेत्र मिल्नुको विकल्प छैनः मन्त्री रिजाल

उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री रमेश रिजालले देशको आर्थिक अवस्थालाई सदृढ बनाउन सरकार र निजी क्षेत्र मिलेर अघि बढ्नुको विकल्प नभएको बताएका छन्। ‍

सोमबार नेपाल चेम्बर अफ कमर्सको साधारण सभामा बोल्दै उनले यस्तो‍ बताएका हुन्। उनले देशको आर्थिक अवस्था राम्रो नभएकाले यसलाई राम्रो‍ बनाउने काम उद्योग, व्यवसायीहरुको रहेको बताए। उनले मुलुकलाई समृद्धितिर लैजाने काम सबै मिलेर गर्नुपर्नमा जोड दिए।

साथै, अर्थतन्त्र सुदृढ बनाउन आवश्यक नीति नियमहरू बनाएरअघि बढ्न सरकार तयार रहेको बताएका छन्।‍ ‘यो मुलुकको आर्थिक गतिविधि त्यति साह्रो राम्रो, गतिलो अवस्थामा छैन। यो गतिलो बनाउने काम उद्योग, व्यवसायी साथीहरूको हो।’ उनले भने,’तपाईँहरूको भुमिका महत्वपूर्ण छ, यो मुलुकलाई समृद्धितिर लैजाने काम तपाईँ हामी सबै मिलेर गर्नुपर्छ। त्यसका लागि हामीले नीति, नियम के आवश्यक्ता छ, तपाईँहरूलाई कसरी काम गर्न सहज हुनेछ, त्यसमा हामी कुनै कसुर बाँकी राख्दैनौँ। यो व्यापार घाटालाई कसरी कम गर्न सकिन्छ? कानून लगायतका कुरामा सहयोग गर्नका लागि हामी तयार छौँ। यो मुलुकलाई समृद्धितिर लैजान महत्वपूर्ण भुमिका तपाईँहरूको छ।’

मन्त्री रिजालले उद्यलेगी व्यवसायीहरूले व्यापार घाटालाई कसरी कम गर्ने भन्नेबारेमा सोच्न जरुरी रहेकोसमेत बता‍ए।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *