
दुर्गा प्रसाईंसँग २ करोड मागेका सांसद ढाकाकुमार श्रेष्ठलाई रास्वपाले सोध्यो २४ घण्टे स्पष्टीकरण

मेडिकल व्यवसायी दुर्गा प्रसाईंसँग आफू स्वास्थ्यमन्त्री बन्न लागेको र त्यसका लागि पार्टीलाई रकम बुझाउनुपर्ने भन्दै २ करोड रुपैयाँ मागेको अडियो सार्वजनिक भएपछि राष्ट्रिय स्वतन्त्र पार्टीले सांसद ढाकाकुमार श्रेष्ठलाई २४ घण्टे स्पष्टीकरण सोधेको छ।
रास्वपाका महामन्त्री मुकुल ढकालले आइतबार दिउँसो एक विज्ञप्ति जारी गर्दै स्पष्टीकरण सोधिएको जनाएका छन्। उक्त अडियोबारे पार्टीको गम्भीर ध्यानाकर्षण भएको पनि उनले बताएका छन्।
‘केन्द्रीय अनुशासन तथा आचरण समितिद्वारा यस सम्बन्धमा २४ घण्टाभित्र स्पष्टीकरण पेस गर्न श्रेष्ठलाई निर्देशन दिइएको छ,’ विज्ञप्तिमा भनिएको छ।
रास्वपाले उक्त टेलिफोन वार्ताका सम्बन्धमा सत्यतथ्य छानबिन गरी ३ दिनभित्र केन्द्रीय समितिमा प्रतिवेदन पेस गर्न पार्टीको केन्द्रीय अनुशासन तथा आचरण समितिलाई पनि निर्देशन दिएको छ।
‘यो छानबिन पूरा नभएसम्मका लागि सांसद तथा पार्टीको साधारण सदस्यका हैसियतले समेत कुनै पनि काम कारबाही नगर्न÷नगराउन समेत श्रेष्ठलाई निर्देशन दिइएको छ,’ विज्ञप्तिमा भनिएको छ।
- संविधान पुनरावलोकन गर्न ढिलाइ भए सडक अझै आक्रोशित हुन्छ : शेखर कोईराला
- गलत सूचनाका कारण उत्तरप्रदेशका मुख्यमन्त्री दिल्लीस्थित नेपाली दूतावास जानुभएको भने, त्यसको खण्डन गर्छु: देउवा
- काँग्रेस बाहेक अन्य राजनीतिक दलहरुको अर्थनीति छैन : स्वास्थ्यमन्त्री पौडेल
- सङ्घीय व्यवस्थालाई मितव्ययी बनाउन संविधान संशोधन जरूरी देखियो : मोहन आचार्य
प्रतिक्रिया