डाबर नेपालले ल्यायाे ‘रियल फिज्जिन’
रियल फ्रुट पावरको उत्पादक तथा बजारकर्ता (मार्केटर) डाबर नेपालले आकर्षक कार्बोनेटेड सफ्ट ड्रिंक सेगमेन्टमा नयाँ कार्बोनेटेड पेय पदार्थ ‘रियल फिज्जिन’ बजारमा ल्याएको छ ।
‘रियल फिज्जिन’को एप्पल, मसला कोला र निम्बु गरी तीनवटा उत्कृष्ट स्वादहरू छन्, जुन आकर्षक पेट बोतलहरूमा उपलब्ध छन् ।
११.२ प्रतिशत फलफूलको जुस भएको रियल एप्पल फिज्जिन १५० एमएल, २५० एमएल र ५०० एमएल बोतलमा क्रमशः ३०, ५० र ८० रुपैयाँको आकर्षक मूल्यमा उपलब्ध छ ।
यसैगरी जिराको मसलादार स्वाद भएको रियल मसाला कोला फिज्जिनमा १०.५ प्रतिशत फलफूलको रस छ । त्यस्तै, रियल निम्बु फिज्जिनमा ५ प्रतिशत रिफ्रेसिङ लेमन जुस छ । रियल मसाला कोला र निम्बुको १५० एमएल ‘अन द गो’ प्याक आकर्षक मूल्य ३० रुपैयाँमा उपलब्ध छ ।
‘रियल फिज्जिन कम्पनीले आफ्ना नेपाली उपभोक्ताहरूलाई नयाँ र फरक उत्पादनहरूद्वारा खुशी पार्ने निरन्तर प्रयासको परिणाम हो,’ डाबर नेपालका व्यावसायिक प्रमुख एचएस बेदीले भने, ‘यसरी यो श्रेणीमा उत्पादन गर्नु भनेको पेय पदार्थ बजारमा आफ्नो पकडलाई अझ व्यापक बनाउने रणनिति हो ।’
‘उपभोक्ताहरूले रिफ्रेसमेन्टका लागि कार्बोनेटेड सफ्ट ड्रिंक र फलफूलको गुडनेसको लागि फलफूल जुस छान्नुपर्थ्यो । उपभोक्ताहरूलाई कार्बोनेटेड शफ्ट ड्रिंकमा फलफूलको रस नभई कृत्रिम स्वाद हुन्छ भन्ने चेतना हुँदाहुँदै पनि उक्त पेय पदार्थको प्रयोग गर्दथे,’ डाबर नेपालका अतिरिक्त महाप्रबन्धक अभयप्रसाद गोर्खालीले भने, ‘यसलाई ध्यानमा राखेर हामीले उपभोक्ताहरूलाई खुसी पार्नका लागि ‘रियल फिज्जिन’ बजारमा ल्याएका छौं । जसले गर्दा उपभोक्ताहरूले एउटै पेय पदार्थमा कार्बोनेटेड सफ्ट ड्रिंकको रिफ्रेसमेन्ट र फलफूलको गुडनेसको मजा लिन सक्छन् ।’
रियल फिज्जिनलाई ‘फ्रुट र फिजको रिफ्रेसिङ फिलिङ’ ट्याग लाइनका साथ रिफ्रेसिङ र फलफूलको गुडनेस भएको पेय पदार्थको रूपमा परिचित गरिएको छ ।
रियल फिज्जिनलाई बजारमा ल्याउन टेलिभिजन विज्ञापनमार्फत मार्केटिङ क्याम्पेन चलाइएको छ । यसको ब्राण्ड एम्बास्डरको रूपमा चर्चित अभिनेत्री साम्राज्ञी आर. एल. शाहलाई छनोट गरिएको छ ।
प्रतिक्रिया