धौलागिरि आधारशिविरमा हेली एभरेष्टको हेलिकोप्टर दुर्घटना

धौरागिरि हिमालकाे  बेसक्याम्पमा हेलिकोप्टर दुर्घटना भएको छ। हेली एभरेष्टको ९एन–एएनबी (एएस–३५०) हेलिकोप्टर दुर्घटनामा परेको हो।

हेलिकोप्टरमा पाइलट प्रिया अधिकारी मात्र थिइन् र उनी घाइते भएकी छन्। उनलाई अर्को हेलिकोप्टरमा काठमाडौं ल्याउँदै गरेको नागरिक उड्डयन प्राधिकरणले जनाएको छ।

इटालियन बेसक्याम्पबाट धौलागिरि बेसक्याम्पका लागि उडेको हेलिकोप्टर बिहान ११ बजेर १ मिनेट जाँदा सम्पर्कविहीन भएको थियो। हेलिकप्टरको खोजीमा उडेको एयर डाइनेस्टीको विमानले उक्त हेलिकोप्टरलाई धौलागिरि बेसक्याम्पमा पल्टिरहेको अवस्थामा फेला पारेको त्रिभुवन अन्तराष्ट्रिय विमानस्थल नागरिक उड्डयन कार्यालयका प्रमुख प्रतापबाबु तिवारीले जानकारी दिए।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *