ह्याम्स अस्पतालमा अवतरणका क्रममा हेलिकोप्टरको पंखा खुस्कियो
२५ चैत २०७९ १५:३८
काठमाडौंको धुम्बाराहीस्थित ह्याम्स अस्पतालमा अवतरणको क्रममा हेलिकोप्टरको पंखा खुस्किएको छ। अस्पतालको छतमा रहेको हेलिप्याडमा अवतरणका क्रममा शनिबार दिउँसो २ बजे एयर डाइनास्टीको ९ एनएजेडी हेलिकोप्टरको पछाडिको पुच्छरको पंखा खुस्किएको हो।
हेलिकप्टरको पंखा नजिकैको घरको छानामा खसेको प्रत्यक्षदर्शीले बताएका छन्। हेलिकप्टर अहिले अस्पतालको हेलिप्याडमा नै छ।
दुर्घटनामा हेलिकोप्टरमा रहेका पाइलट सकुशल रहेको र घटनाबाट कसैलाई पनि कुनै क्षति नपुगेकाे तथा थप अनुसनधान भइरहेको प्रहरीले जनाएको छ ।
हेलिकोप्टर बिरामी लिएर अस्पताल आएको जनाइएको छ।
प्रतिक्रिया