सरकारको न्यूनतम साझा कार्यक्रम जनताको आँखामा छारो हाल्नका लागि हो : सांसद गैरै

नेकपा एमालेका सांसद ठाकुरप्रसाद गैरेले सरकारको न्यूनतम साझा कार्यक्रम जनताको आँखामा छारो हाल्नका लागि मात्रै हुने बताएका छन्। बिहीबार संसद भवनमा सञ्चारकर्मीहरूसँगको कुराकानीमा उनले सो आरोप लगाएका हुन्।

उनले सरकार साझा न्यूनतम कार्यक्रम बनाउने कुरामा मात्रै सीमित हुँदा कार्यान्वयनको पक्ष फितलो भएको बताए। उनले सरकारको न्यूनतम साझा कार्यक्रम कार्यान्वयनको विषय बन्न नसकेको बताए।

सांसद गैरेले सरकार सत्ता स्वार्थमा र भागबण्डामा केन्द्रित भएको आरोप लगाए। उनले न्यूनतम साझा कार्यक्रम जनताको आँखामा छारो हाल्नका लागि ल्याइने विषय रहेको उल्लेख गरे।

सांसद गैरेले आगामी आर्थिक वर्षको बजेटमा शिक्षा, स्वास्थ्य, कृषिका विषयहरूमा बजेट कटौती गर्ने खबर पाएको भन्दै आर्थिक संकटको बहानामा विकास निर्माणमा कुनै काम गर्न सकिँदैन भन्नु गलत भएको बताए। उनले सरकारले वर्तमान आर्थिक संकटका बारेमा चासो नदिएको आरोप लगाए।

 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *