सिद्धार्थ बैंकद्वारा ‘ग्लोबल मनी विक-२०२३’ भिडियो प्रतियोगिताका विजेताहरूलाई पुरस्कार वितरण

सिद्धार्थ बैंक लिमिटेडले ‘ग्लोबल मनी विक-२०२३’ को विषयवस्तु ‘प्लान योर मनी, प्लान्ट योर फ्युचर’ लाई सार्थक बनाउने उद्देश्यका साथ टिकटक भिडियो प्रतियोगिता आयोजना गरेको थियो। जसमा ‘बैंकमा बचत गर्नुका फाइदाहरू’ शीर्षकमा भिडियो बनाई अधिकतम मन पराइएका तीन प्रतियोगीहरूलाई क्रमशः ३० हजार, २० र १० हजार रुपैयाँ नगद पुरस्कारको व्यवस्था गरेको थियो ।

उक्त प्रतियोगिताका विजेताहरूलाई आज सिद्धार्थ बैंकको प्रधान कार्यालय, हात्तीसारमा एक समारोह आयोजना गरी पुरस्कार प्रदान गरिएको छ। विजेताहरूलाई बैंकका प्रमुख डिजिटल मार्केटिङ अनन्त श्रेष्ठले पुरस्कार हस्तान्तरण गरेका हुन्।

उनले सबै प्रतियोगीहरूलाई धन्यवाद ज्ञापन गर्दै यस्ता प्रतियोगिताले सामाजिक सञ्जालको माध्यमबाट वित्तीय चेतना प्रदान गर्न मद्दत पुग्ने भएकाले आगामी दिनहरूमा पनि यस्ता प्रतियोगितालाई निरन्तरता दिँदै जाने बताए।

यसैगरी बैंकले ‘ग्लोबल मनी विक-२०२३’ कै अवसरमा आफ्नो आधिकारिक फेसबुक पेजमार्फत सात दिन दैनिक क्विज प्रतियोगिता पनि आयोजना गरेको थियो। यसका साथै बैंकले देशका सातै प्रदेशमा ९८ विभिन्न स्थानहरूमा वित्तीय साक्षरता कार्यक्रमहरू पनि आयोजना गरेको थियो, जसमा २ हजार ११८ जना महिला र २ हजार ७२ जना पुरुष गरी कुल ४ हजार १९० जनाको प्रतक्ष्य सहभागिता रहेको थियो।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *