
सरकारको न्यूनतम साझा कार्यक्रममा शिक्षा, स्वास्थ्य र रोजगारी पहिलो प्राथमिकता : सांसद पौडेल


फाइल तस्बिर।
नेकपा (माओवादी केन्द्र) का सांसद देवेन्द्र पौडेलले सरकारको न्यूनतम साझा कार्यक्रममा शिक्षा, स्वास्थ्य र रोजगारीसम्बन्धी कुरालाई बढी प्राथमिकतामा राखिएको बताएका छन्। बिहीबार संसद बैठकपछि सञ्चारकर्मीहरूसँग कुरा गर्दै उनले सो कुरा बताएका हुन्।
उनले चालु योजनालाई निरन्तरता दिने, देशको अर्थतन्त्र प्रणालीलाई लयमा ल्याउने, व्यवस्थित गर्ने, जनताका दैनिक सेवासम्बन्धी विषयलाई सहजीकरण गर्न नीति, नियम बनाउने कुरा सरकारको न्यूनतम साझा कार्यक्रममा पहिलो प्राथमिकतामा रहेको बताए।
उनले गठबन्धन सरकार ५ वर्षसम्म नै निरन्तर चल्ने बताए । उनले संक्रमणकालीन न्यायसम्बन्धी विधेयक फास्ट ट्र्याकबाट ल्याउनुपर्छ भन्ने पक्षमा माओवादी रहेको पनि बताए।
सांसद पौडेलले सदनलाई सक्रिय बनाएर लैजान सरकारले काम गरिरहको बताए।
- बंगलादेशमा हिन्दू नेताको हत्याको विरोधमा जनकपुरमा विरोध प्रदर्शन
- पूर्वराजा शाहमाथि प्रधानमन्त्रीको आरोप- टेलिफोनको तार काटेर लगेका थिए, अझै फिर्ता गरेका छैनन्
- बद्री केसी नेतृत्वले अदालतको अवहेलना गरेको भन्दै सर्वोच्चमा अपहेलना मुद्दा
- विप्लवको गुनासो– प्रचण्ड र बाबुरामलाई जिन्दगी नै दियौं, एकचोटी हेरेनन्
प्रतिक्रिया