
सरकारको न्यूनतम साझा कार्यक्रम अपराह्न ५ बजे सार्वजनिक हुने

१० दलीय सत्ता गठबन्धनले अपराह्न ५ बजे सरकारको न्यूनतम साझा कार्यक्रम सार्वजनिक गर्ने भएको छ । बिहीबार बिहान प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको १० दलीय गठबन्धनको बैठकले यस्तो निर्णय गरेको हो ।
बैठकपछि सञ्चारकर्मीहरूसँग कुरा गर्दै नेकपा (माओवादी केन्द्र) का महासचिव देवप्रसाद गुरुङले गठबन्धनका दलहरूबीचमा सरकारको न्यूनतम साझा नीति तथा कार्यक्रमको बारेमा सैद्धान्तिक र नीतिगत विषयमा सहमति जुटेको बताए। उनले साना केही सुझावहरू आज अपराह्न ५ बजेसम्म दल र नेताहरूले दिन सक्ने सरकारको न्यूनतम साझा कार्यक्रम सार्वजनिक सार्वजनिक गर्ने निर्णय भएको बताए।
महासचिव गुरुङले आजको बैठकमा मन्त्रीपरिषदलाई पूर्णता दिने विषयले प्रवेश नपाएको पनि स्पष्ट पारे।
प्रतिक्रिया