जसपा सांसद अन्सारीले लिइन् शपथ

प्रतिनिधि सभाकी सांसद मञ्जु शर्मा अन्सारीले पद तथा गोपनीयताको शपथ ग्रहण गरेकी छन्।

उनी जनता समाजवादी पार्टीकी सांसद शहनाज रहमानको निधनपछि रिक्त रहेको समानुपातिकतर्फ प्रतिनिधि सभा सांसद बनेकी हुन्।

आइतबार सिंदरबारस्थित कानून समितिको हलमा प्रतिनिधि सभाका सभामुख देवराज घिमिरेले उनलाई पद तथा गोपनीयताको शपथ खुवाएका हुन्।

शपथग्रहण समारोहमा उपसभामुख इन्दिरा राना, नेकपा (एमाले) का प्रमुख सचेतक पदम गिरी, नेकपा (माओवादी केन्द्र) का प्रमुख सचेतक हितराज पाण्डे, संघीय संसद सचिवालयका महासचिव डा. भरतराज गौतमसहितको उपस्थिति रहेको थियो।

सप्तरी निवासी अन्सारीको २०७९ सालको प्रतिनिधि सभा सदस्य समानुपातिक निर्वाचन प्रणालीअन्तर्गत जसपाबाट मुस्लिम क्लस्टरको क्रमसंख्या २ मा नाम थियो।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर